अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२५ | Colorodo: 04:40

फिप्नाको छैठौं अधिवेशन आइतबार

बिआरटी नेपाल सम्बादाता, न्यू योर्क । २०७४ मंसिर २८ गते २३:५१ मा प्रकाशित

आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) को छैठौं अधिवेशन आइतबार न्यू योर्कमा हुँदैछ । अधिवेशन शेर्पा किदुकको भवनमा हुने तय भएको फिप्नाले जनाएको छ ।

फिप्ना अध्यक्ष लुइसाङ वाइबाले अधिवेशन बिहान १० बजे सुरु हुने बताए । ‘अधिवेशनमा फिप्नाका १२ सदस्य संंस्था र १ च्याप्टरका ६३ प्रतिनिधि तथा करिब ६० पर्यवेक्षक सहभागी हुनेछन्,’ उनले भने ।
महासङ्घको भावी अध्यक्षमा २ पटक वरिष्ठ उपाध्यक्ष रहेका मणि बाङ्देल (मनकुमार राई) लाई स्वाभाविक उत्तराधिकारीका रूपमा हेरिँदै आएको थियो । तर, फिप्नाका सल्लाहकार मनबहादुर राणा मगरले पनि अध्यक्ष बन्ने इच्छा व्यक्त गरेपछि चुनावले नै नेतृत्व निर्धारण गर्ने लगभग निश्चित भइसकेको छ । मगर फिप्नाका भुतपूर्व महासचिव पनि हुन् ।

फिप्नाले सर्वसम्मत नेतृत्व चयनका लागि डिसेम्बर १० मा राउण्ड टेबल बैठकको आयोजना गरेको थियो । बैठकमा दुवैले नेतृत्व दाबी गरेपछि किरात राई सोसाइटी अफ अमेरिका (केआरएस) का तर्फबाट उमेद्वार बनेका बाङ्देललाई तामाङ सोसाइटी अफ अमेरिका र नेवा गुठी लगायतका संस्थाले समर्थन गरेका थिए । मुस्ताङ किदुग, किरात याक्थुङ चुम्लुङ अमेरिका र वालुङ समाजले भने सहमतिमै नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया