अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३९ | Colorodo: 08:54

अमेरिकी विदेशमन्त्री जिम म्याटिसले पाकिस्तान लगायतका ४ देशको भ्रमण गर्दै

बिआरटीनेपाल २०७४ मंसिर १६ गते ७:१० मा प्रकाशित

अमेरिकी विदेशमन्त्री जिम म्याटिस पाकिस्तानको जाने भएका छन् । इजिप्ट, जोर्डन, पाकिस्तान, र कुबेतको भ्रमणका क्रममा विदेशमन्त्री म्याटिस यही डिसेम्बर ४ का दिन पाकिस्तान जाने भएका हुन् ।

अमेरिकाद्वारा लगातार मध्यपूर्व, पश्चिम अफ्रिका र दक्षिण एसियामा लामो समयदेखि पु¥याउँदै आएको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धतालाई नवीकरण गरिने सो भ्रमणमा म्याटिसले प्रधानमन्त्री शाहिद खाकन अब्वासी तथा सैनिक प्रमुख कमार जावेद बाज्वा लगाएतका उच्च पदस्थ अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

गत अक्टोबरमा म्याटिसले पाकिस्तानमा आश्रयस्थल बनाइबसेका आतङ्कवादी समूह विरुद्ध आवश्यक कदम लिने बताएका विदेशमन्त्री म्याटिसको पाकिस्तान भ्रमणमा उनले आतङ्कवादी समूहविरुद्ध थप सक्रिय बन्न इश्लामावादलाई दवाव दिने अपेक्षा गरिएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू