अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४६
| Colorodo: 08:01
विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले देशलाई विकास, समृद्धि र सुशासनमा लैजान अब नेपाली जनताको मन र मत बदलिन जरुरी रहेको बताउनुभएको छ । आज यहाँ आयोजित सो पार्टीको चुनावी सभामा उहाँले भन्नुभयो –“राज्यको नीति निर्माण तहमा पुग्ने नेताहरूको गलत सोच र व्यवहारकै कारण जनताले अपेक्षा गरेको प्रतिफल पाउन नसकेको हो ।”
संयोजक मिश्रले आसन्न चुनावमा आफ्नो पार्टीलाई मत दिन आग्रह गर्दै अहिलेको चुनावमा आफ्नो पार्टी राष्ट्रिय पार्टी बन्ने दाबीसमेत गर्नुभयो । रासस