अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२० | Colorodo: 08:35

हास्य अभिनेता- निर्देशक पुरन थापाले चलचित्र ‘फेरि–फेरि’ निर्माण गर्दै

बिआरटीनेपाल २०७४ कार्तिक २० गते २:४९ मा प्रकाशित

बिभिन्न टेलिश्रृंखलामा ‘दोहोर्याइ दोहोर्याइकन’ थोगोका कारण चर्चित हास्य अभिनेता, निर्देशक पुरन थापाले ‘फेरि–फेरि’ नामक फिल्म निर्माण गर्ने भएका छन् ।  यसअघि ‘पिरिम प¥या छन्’ र ‘कान्छी मट्याङ ट्याङ’ जस्ता कमेडी फिल्म निर्माण गरेका पुरनको ‘फेरि फेरि’ पनि हास्यरस युक्त हुनेछ । फिल्ममा अर्पण थापा, ऋचा शर्मा, ओमप्रतिक गुरुङ, धर्मेन्द्र आचार्यलगायत निर्देशक पुरन आफै प्रमुख भूमिकामा छन् ।

माता वसुन्धरा मुभिजको प्रस्तुतिमा बन्ने फिल्म कमेडी जनराको भएको निर्देशक पुरनले जनाएका छन् । निर्देशक पुरन आफूले हालै नेपालमा पहिलोपटक रेड इपिक डब्लू हेलियम एट के क्यामेरा भिœयाएको र सोही क्यामेराले फिल्म खिचिने जानकारी दिएका छन् । उच्च प्रविधियुक्त फिल्म निर्माणका लागि सो क्यामेरा ल्याएको उनले जनाएका छन् । रामेश्वर कार्कीले खिच्ने फिल्ममा एनबी महर्जनको द्वन्द्व निर्देशन र विकास चौधरीको संगीत छ ।

 

प्रतिक्रिया