अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३३ | Colorodo: 00:48

श्रीमतीको अनुमति बिना बहुविवाह गर्दा जेलसजाय

बिआरटीनेपाल २०७४ कार्तिक १५ गते २३:२९ मा प्रकाशित

पाकिस्तान, पाकिस्तानको एउटा अदालतले श्रीमतीको अनुमति नलिइ दोस्रो विवाह गरेको भन्दै एक जना पुरुषलाई ६ महिनाको जेल सजाय सुनाएको छ। लहोरस्थित अदालतले इस्लाम धर्म अनुसार चारवटासम्म श्रीमती विवाह गर्न पाउने शहजाद सकिबको तर्कलाई अस्वीकार गर्दै उनले करिब दुई हजार डलर जरिवाना तिर्नुपर्ने आदेश दिएको हो ।

सकिबकी पहिली श्रीमती आयषा बिबिले आफ्नो लिखित स्वीकृति बिना अर्को विवाह गर्नु पाकिस्तानको परिवार कानुनको उल्लंघन भएको दाबी गरेकी थिइन्।

महिला अधिकारकर्मीहरुले अदालतको उक्त फैसलाले बहुविवाहलाई निरुत्साहित गर्ने बताएका छन्। उनीहरूले यसले महिलाहरूलाई सशक्त बनाउने र यस्तै खालका अवस्थामा अरू महिलाहरूले पनि अदालतमा मुद्दा पुर्‍याउने बताए। एउटा गैरसरकारी संस्था पिस एण्ड डेभेलपमेन्ट फाउण्डेसनकी प्रमुख रोमाना बसिरले भनिन्, “एउटी समस्यामा परेकी महिलाले अदालतसम्म उजुरीलैजान यो कानुनको प्रयोग गरिन् भन्ने विषय उत्साहजनक छ।” पाकिस्तानमा एकभन्दा बढी श्रीमती विवाह गर्न चाहनेले पुरुषहरुले विवाह अघि आफ्नी पहिली श्रीमतीबाट लिखित स्वीकृति लिनुपर्छ।

सामान्यतया पहिलो विवाह भएको थुप्रै वर्षपछि पाकिस्तानका पुरुषहरुले बहुविवाह गर्छन्। पाकिस्तानको इस्लामिक मुद्दाहरुबारे सरकारलाई कानुनी सल्लाह दिने काउन्सिल अफ इस्लामिक आइडियोलोजी (सिआइआइ) ले धेरैजसो देशको परिवार कानुनको आलोचना गर्ने गरेको छ। यद्यपि, सिआइआइको सुझावहरू कानुनी रूपमा बाध्यकारी छैनन्। सकिबले बुधवारको फैसलाविरुद्ध अदालतमा पुनरावेदन दिन पाउनेछन्। बिबिसी नेपाली

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू