अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०३ | Colorodo: 10:18

लेटेस्ट अपडेट: लस भेगासमा ठुलो नरसंहार: सन्की बन्दूकधारीद्धारा ५९ व्यक्तिको हत्या, ५२७ घाइते (भिडियो सहित)

बिआरटीनेपाल २०७४ असोज १६ गते १६:२१ मा प्रकाशित

अमेरिकी सहर लस भेगासमा हिजो राती स्टेफेन प्याडक नाम गरेका बन्दूकधारीले स्वचालित राइफल मार्फत साङ्गीतिक कार्यक्रम भइरहेको स्थानमा गोली चलाउँदा अहिले सम्म ५९  जनाको ज्यान गएकोछ भने ५२७ घाइतेहरुलाई अस्पताल लगिएको स्थानीय सुरक्षा अधिकारीहरूले जनाएकाछन्। लस भेगास स्ट्रिपको म्याण्डले बे होटलको ३२औं तलाको स्ट्रिपतिर फर्केको कोठामा बसेका बन्दूधकधारीले सङ्गीतमा रमाइरहेका २२ औं हजार दर्शकहरुको भिडमा अन्धाधुन्ध गोली चलाउँदा आधुनिक अमेरिकी इतिहासकै ठुलो नरसंहारको घटना भएको छ।

घटना लगत्तै बन्दूकधारीले आत्महत्या गरेको जनाइको छ। सुरक्षा अधिकारीहरूका अनुसार हत्याराको कोठाबाट १० वटा राइफल बरामद भएको छ। एक्लैले यति ठुलो परिमाणको हतियार सहित कन्सर्टतिर नै फर्केको कोठामा बसेर अन्धाधुन्ध गोली चलाएकोले हत्याराले योजनापूर्वक नै सकेसम्म धेरैलाई क्षति पुय्राउने मनसायले आक्रमण गरेको अनुमान लगाउन सकिन्छ।

(Photo by David Becker/Getty Images)

राष्ट्रपति ट्रम्पले घटनाको निन्दा गर्दै यस्ता हमलाकारीलाई ‘दुष्टात्मा’को संज्ञा दिएकाछन् र यस्ता नृशंस घटनाका विरुद्ध राष्टिय एकताको अपिल गरेकाछन्। घटनाको विस्तृत अनुसन्धानमा स्थानीय अधिकारीहरुलाई सङ्घीय अनुसन्धान ब्यूरो र होमल्याण्ड सेक्यूरिटीका अधिकारीहरूले सघाइरहेकाले घटनाका बारेमा थप विवरण चाँडै पत्ता लाग्ने राष्ट्रपति ट्रम्पले अपेक्षा गरेका छन् । राष्ट्रपती ट्रम्प बुधवार लास भेगास जाने भएको जानकारी गराएका छन ।

फोटो: गुगल सर्च

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू