अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५० | Colorodo: 19:05

अमेरिकाले सम्पुर्ण आप्रवासीहरुको सामाजिक सञ्जालको निगरानी गर्दै

बिआरटीनेपाल २०७४ असोज १२ गते १०:५३ मा प्रकाशित

अमेरिकी सरकारले अमेरिकामा बसोबास गर्दै आएका आप्रवासीहरुको सामाजिक सञ्जालको गतिविधि अनुगमन गर्ने भएको छ । गत साता सार्वजनिक गरिएको नयाँ सङ्घीय कानुन लगत्तै डिपार्मेन्ट अफ होमल्याण्ड स्क्युरिटी, अध्यागमन विभाग र अन्य सुरक्षा निकायले अमेरिकी आप्रवासीहरुको सामाजिक सञ्जाल फेसबुक ट्वीटर लगायत अन्य सम्माजिक सञ्जालका गतिविधिहरू को गतिविधि अनुगमन गर्ने भएको हो।

आगामी महिना अक्टुवर १८ वाट लागु हुने नयाँ सङ्घीय कानुन अनुसार ग्रीनकार्ड बाहक, अमेरिकन नागरिकता प्राप्त गरेका व्यक्ति लगायत सम्पूर्ण आप्रवासीहरुको सामाजिक सञ्जाल सम्बन्धी गतिविधि नेचुर्लाइजेजस मार्फत सङ्कलन गर्न सकिने छ । जस अन्तरगतअमेरिकन नागरिकले सामाजिक सञ्जालमा सरकार तथा अमेरिकाको बारेमा गरिने क्रियाकलापहरू समेत निगरानीमा राखिने भएको छ ।

यस अघि गत मे महिनामा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आउन चाहनेहरुका हकमा बितेको ५ वर्षमा सामाजिक सञ्जालमा गरिएका गतिविधि अनुगमन गरेर मात्र अमेरिकन भिसा दिने नयाँ नियम प्रति अध्यागमन विभाग र सम्बन्धित देशका दुतावासहरुलाई सचेत गराएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू