अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:११ | Colorodo: 10:26

यौन दुराचार गर्ने माथि कारबाही होस – प्रभा भट्टराई देउजा, समाजसेवी, भर्जिनिया

बिआरटीनेपाल २०७४ असोज ७ गते १५:५४ मा प्रकाशित

गत सेप्टेम्बर १-३ सम्म सन्चालित अमेरिकाको नर्थ क्यारोलिना स्थित नासिया-अन्माको सन्युक्त सम्मेलनका लागी सास्कृतिक कार्यक्रममा आयोजकबाट निमन्त्रणा पाई कार्यक्रमस्थल पुगेकी युवा गायिका निक्की कार्की माथि आयोजक संस्था नासियाका एक पदाधिकारीबाट नै यौन दुर्व्यवहार भएको घटना बाहिर आएको छ । यस घटनाले एक समाज सेवी तथा आमाको समेत भूमिका रहेको म लगायत अन्य समाजसेवी तथा आमाहरुलाई स्तब्ध पारेको छ । अमेरिकामा दोस्रो पुस्ताकी एक छोरी यौन उत्पीडनको सिकार भएकी भन्ने घटनाले हाम्रो समाज चिन्तित भएको छ । आफ्नो प्रतिभा देखाउने निक्की कार्की जस्ता धेरै युवा पुस्ताहरु यस घटनाबाट विचलित भएका छन् ।

आयोजक संस्था-नासिया (नेप्लिज एसोसिएसन इन साउथ ईस्ट अमेरिका) का वर्तमान पदाधिकारी रहेका सुशील नेपालले गायिका निक्की कार्कीलाई एयरपोर्ट देखी कार्यक्रम स्थल भित्र समेत पटक पटक यौन दुर्व्यवहार गर्न खोजेको ब्यहोरा युवा गायिका निक्कीले फेसबुक लाईभ मार्फत सार्वजनिक गरेकी छन् । पीडित निक्की कार्कीको आरोपको पुष्टिका लागी सम्म्वन्धित निकायले अविलम्ब कार्यवाही अगाडी बढाओस र भएको तत्य सत्य घटना सार्वजनिक गरी दोषी उपर कारबाही गरोस ।

प्रतिक्रिया