अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०४ | Colorodo: 10:19

व्यवसायीले स्वच्छ, सफा र हाइजेनिक खाना खुवाएर पनि मुलुकको सेवा गर्न सक्छन्-रक्षामन्त्री प्रधान

बिआरटीनेपाल २०७४ असोज ५ गते ८:४० मा प्रकाशित

रक्षा मन्त्री भिमसेनदास प्रधानले मुलुकको आर्थिक समृद्धिमा होटल व्यवसायीहरुको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । फास्टफुड एसोसिएसन नेपालको १३ औँ वार्षिक साधारणसभाको राजधानीमा उद्घाटन गर्दै मन्त्री प्रधानले स्वच्छ, सफा र हाइजेनिक खाना खुवाएर पनि मुलुकको सेवा गर्न सकिने तर्फ व्यवसायीहरु सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

एसोसिएसनका अध्यक्ष धनबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभामा मन्त्री श्रेष्ठले संस्थाका गतिविधिमा योगदान पुर्याउने हरुलाई सम्मान समेत प्रदान गर्नुभएको थियो । सो अवसरमा मन्त्री प्रधानलाई एसोसिएसनका अध्यक्ष धनबहादुर श्रेष्ठले मायाको चिनो करुवा प्रदान गर्नुभएको थियो ।

मङ्गलबार आयोजित कार्यक्रममा एसोसिएसनका महासचिव हिमाल श्रेष्ठले संस्थाको भवन निर्माण गरिने, व्यवसायीको क्षमता अभिबृद्धिका लागि तालिम सञ्चालन गरिने, खाद्यवस्तुको गुणस्तर कायम राख्न पहल गरिन ेलगायत योजना सार्वजनिक गर्नुभएको थियो ।

यस्तै, संस्थाका अध्यक्ष धनबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७४÷०७५ का लागि ३७ लाख ९० हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू