अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२१ | Colorodo: 05:36

‘लिटिल स्टार’का प्रतियोगीद्वारा प्रतिभा प्रस्तुत

बिआरटीनेपाल २०७४ भदौ १८ गते १२:५४ मा प्रकाशित

‘लिटिल स्टार २०१७’का प्रतियोगीले आफुमा रहेको प्रतिभा प्रस्तुत गरे । शनिबार राजधानीको नेपा ब्याङ्क्वेटमा आयोजित प्रतियोगीताको ट्यालेन्ट राउण्ड अन्तर्गत उनीहरुले आफुमा रहेको बिभिन्न प्रतिभा प्रस्तुत गरेका हुन् ।

कार्यक्रममा अधिकाम्स प्रतियोगीले पप, आधुनिक र चलचित्रका गीतमा नृत्य गरे, भने केही प्रतियोगीले गायन, कविता लगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।

ट्यालेन्ट राउण्डको जर्जको रुपमा गायक राजु महर्जन, मेकअप आर्टिस रश्मि श्रेष्ठ, नृत्य निर्देशक रोहन महर्जन, ब्यवसाही अर्जुन श्रेष्ठ, चलचित्र निर्माता दीपक कपाली लगायत रहेका थिए ।

यसमा संस्करणमा उपत्यका करिब ५० बढी बिद्यालयका १०० बालबालिकाले पहिलो अडिसन दिएका थिए । ति मध्यबाट ६० प्रतियोगी फाइन प्रतिस्पर्धाका लागि छानिएका हुन् ।

प्रतियोगी बिभिन्न प्रशिक्षण सहित अन्तिम स्पर्धामा उत्रिन लागेको ग्रिनआर्ट मिडियाका सिइयो प्रविण लाकौले बताए । २० भदौ अर्थात यहि मंगलबार जमल स्थित नाचघरमा एक भब्य कार्यक्रम सहित प्रतियोगीता फाइनल आयोजना हुँदैछ । फाइनलमा बिजेता तथा उपबिजेता छानिने छन् । बिजेता तथा उप–बिजेताले उपाधिका साथमा बिभिन्न उपहार समेत जित्न सक्नेछन् ।

 

प्रतिक्रिया