अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३२ | Colorodo: 16:47

भरतपुर महानगरको जग्गामा उद्योग बाणिज्य संघ चितवनको रजाई

बिआरटीनेपाल २०७४ भदौ ११ गते २:०४ मा प्रकाशित

नारायणगढको नारायणी नदि किनारको जमिन उद्योगबाणिज्य संघ चितवनका केही ब्याक्तिका कुरुप बनेको छ। नगरबासी तथा बिभिन्न क्षेत्रका मानिसहरु त्यहाको सुन्दरुता हेर्न र नारायणी नदिको कन्चन पानि संगै आउने हावाको सितलता लिन सो स्थानमा आएकाहरु त्यहाको फोहोर र अवेवस्थीत अवस्था देखेर निकै चिन्तित बनेका छन् । त्यस क्षेत्रमा झण्डै तिन दर्ज बढि ठेलाहरुले दैनिक फालेका पलास्टिकका फोहर का कारण त्यो क्षेत्र दिनानु दिन कुरुप बनेको देख्न सकिन्छ । त्यहाको अवस्था देख्दा सुन्दर र निकै आक्रषक मानिएको नारायणी नदि किनारको पर्दशनी मौदान उद्योग बाणिज्य संघ चितवनले चट्पटे ठेला ब्यापारीलाई फोहोर र कुरुप बनाउने जिम्मा दिएको अनुभुती हुने गरेको छ ।

त्यहा रहेका ठेला बाट अबैधानिक समितले सामान्य रसिद बनाएर प्रति ठेला मासिक १ हजार रुपैया उठाउदै आएको छ । नारायणी नदि किनार ब्यवस्थापन समितिका नामबाट प्रतिठेला १ हजारका दरले पैसा उठाउने गरिएको छ। समितिको नाममा ब्यापारीलाई काटिएको रसिदमा समितिको छाप समेत हानिएको छैन् । यो समिति पनि कुनै दर्ता वाला समिति नभएको र त्यो समितिले काटेको रसिद समेत आधिकारिक नभएकोे ब्यापारिहरुले बताए ।

आफुहरुसंग मासिक रुपमा १ हजार रुपैया लिने गरेको चट्पटे ब्यापारी सुरज पण्डितले बताए । यसरी उद्योग बाणिज्य संघ चितवनको काखैमा रहेको जमिन र उसैले संरक्षण गरेको भनिएको जमिन अबैधानिक समितिले संरक्षणको नाममा रकम असुली गरी ठेला वालाको रजाई गर्ने थलो बनाउदा पनि उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम देखी बरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ सहित सम्पुर्ण पदाधीकारीहरु मौन बसिरहेका छन् ।

चुनावका बेला बढो मिठा भाषड गरेर पुरै कायापलट गर्ने भन्दै चर्का कुरा गर्ने अध्यक्ष गौतम समेत यो बिषयमा मौन बस्नुले यसमा कुनै खोट रहेको अड्कल काट्न थालिएको छ । उहाले गरेका ब्यवसायीक सुधारका कामहरु राम्रा भएपनि संस्थाको आडमा नारायणी किनारको जमिन संरक्षणको नाममा अबैधानिक समिति बनाएर रजाई गर्नेहरुका बिरुद्ध उहा मौन बस्नु दुखद कुरा हो । आफनै आखा अगाढी नारायणी नदि किनार भारतिय नागरिकको पानिपुडी र चट्पटे बेच्ने हाटबजार र केही ब्यात्तिको कमाई खाने थलो बन्दा समेत मौन बस्नु संकास्पद बिषय हो । नारायणी किनारमा पुरै चट्पटेका ठेलाहरु होटलनै खडा गरेझै कुचीृ र टेवल राखेर चट्पटे र पानिपुरी ब्यापार गरीरहेका छन् । भरतपुर महानगरको जमिनमा बिगत देखिनै संरक्षण गर्ने नाममा बिभिन्न ब्यात्तिहरुले आखा लगाउदै आएका हुन् । संरक्षणा गर्नेनौ भए उद्योग बाणिज्य संघ आफैले नगरेर उद्योग बाणिज्य संघका केही ब्यात्ति समितिलीत अबैधानिक समिति बनाएर किन रकम असुली गरिरहेको छ यो प्रस्न नगरबासिले गरेका छन् ।

बिगतमा पनि नारायणी किनार संरक्षणको नाममा पुर्व अध्यक्ष रामप्रसाद श्रेष्ठको नेत्रित्वमा अबैधानिक समिति तयार गरी महायज्ञ समेत आयोजना भएको थियो । त्यसबेला कति रकम संकलन भयो । त्यो रकम कहा र कसरी प्रयोग भएको छ भन्ने कुरा पारदर्शी रुपमा बाहिर आउन सकेको छैन् । अध्यक्ष श्रेष्ठले नत यो बिषयमा आधिकारकि धारण सार्वजनिक गनुृ भएको छ । नत त्यो पैसा कहा र कसरी प्रयोग भयो भन्नेनै बाहिर आएको छ । यो बिषयमा बुझदा पुर्व अध्यक्ष श्रेष्ठले आफनो संयोजकत्वमा उद्योग बाणिज्य संघ , भरतपुरमहानगर र तत्कालिन जिल्ला बिकास समिति समिलित समिति बनाएर दर्ता गर्ने र बैधानिक रुपमा नारायणी नदि किनारको संरक्षण र बिकास गर्ने कामको सुरु गर्न खोजिएको भएपनि पछि राजनितिक दलका कारण सफल नभएको र असफल समितिमा आफु बस्न उचित नदेखेपछि बैक स्टेटमेन्ट् सहित सबै हिसाव किताव उद्योग बाणिज्य संघ लाई बुझाएर राजिनामा दिएको बताउनु भयो । तर उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले उहाकै खातामा करिव ८ लाख पैसा रहेको भन्ने जानकारी पाएको तर त्यो पैसा उद्योग बाणिज्य संघको खातामा न आई सकेको बताउनु भयो ।
नदि किनारको संरक्षण्का लागी पुरानो हिसाव बितावको खोजी भएको र पुरानो समिति समेत खारेज गरी नया ढंगबाट काम गर्ने तयारी भएको गौतम बताउनु हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू