अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१० | Colorodo: 08:25

‘हरिकेन हार्भी’को जोखिम, स्टोरहरुमा पानी लगाएतका उपभोग्य सामग्री रित्तियो

बिआरटीनेपाल २०७४ भदौ ८ गते १९:३९ मा प्रकाशित

विआरटी नेपाल सम्बाददाता, ह्युस्टन ।
टेक्ससको कोस्टल एरियाहरुमा Hurricane Harvey को संभावित जोखिम बढेकोछ। बिहीवारसम्ममा कर्पस क्रिस्टीबाट ३०५ माइल (४९० किमी) टाढा दक्षिण-पूर्वी क्षेत्रमा क्याटगोरी ३ हरिकेन विकसित भएको र त्यो अहिले १० माइल प्रतिघण्टका दरले उत्तर र उत्तरपूर्वी क्षेत्रतिर बढिरहेकोछ। हरिकेन हार्भीको असर शुक्रबार अबेला वा शनिवार सबेरै देखि देखिन थाल्नेछ जुनबेला ११० माइल प्रतिघण्टा सम्मको आंधी आउनसक्ने अनुमान गरिएकोछ। ह्युस्टनमा अहिलेसम्म आपतकालिन इभ्याकुएशन घोषणा नगरिएकोले यहाँका मेयरले सबैलाई धैर्यता कायम राख्न आव्हान गरेकाछन्। मौसम सम्वन्धी ताजा सूचनाहरु अनुसार कर्पस क्रिस्टी लगाएत टेक्ससका कतिपय कोस्टल एरियाहरुमा उच्च गतिको हावा र अत्यधिक बर्षा (३ फिटसम्म) हुने र पहिरो जानसक्ने संभावना ज्यादा रहेकोछ।

ह्युस्टन आसपासका प्राय सबै ग्रोसरी स्टोरहरुमा पानी, ब्रेड, केरा र ड्राइ फुड लगाएतंका अत्यावश्यक उपभोग्य सामग्रीहरु सकिएकाछन्। वालमार्ट लगाएतका सबै स्टोरहरुमा अत्यधिक भिड् देखिन्छ। मान्छेहरु हरिकेन हार्भीका बखत हुनसक्ने पिउने पानीको अभावबाट बच्न अत्यधिक स्टक राख्न तँछाड्-मछाड गरिरहेका देखिन्छन्।

मौसम बिज्ञहरुका अनुसार हरिकेनको प्रभाव आगामी सोमबार वा मंगलबारसम्म रहने अनुमानछ। सकेसम्म पानी र हुरीको बेला घरबाहिर ननिस्कन सुझाव दिइएकोछ। ह्युस्टन आसपासका स्कुलहरु पनि भोली शुक्रबार बन्दहुने घोषणा सम्वन्धित स्कुल डिस्ट्रिक्टले गरिसकेकाछन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू