अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४२ | Colorodo: 23:57

जितेन्द्र सुनारको जीवनरक्षाको लागी हार्दिक अपिल

बिआरटीनेपाल २०७४ साउन २५ गते ६:३२ मा प्रकाशित

जीवन अनिश्चित छ त्यसैले त सोचे जस्तो सहज रूपमा यो अगाडी बढिरहन्छ भन्ने कुनै ग्यारेण्टी छैन । मानिस जन्मे देखि जीवनको अन्तिम घडी सम्म अनेकन समस्या, बाधाव्यवधान सँग जुधिरहेको हुन्छ । कतिपय यस्ता समस्या आफ्नो एकल प्रयास र परिवारबाट समाधान हुन सक्छ त कतिपय समस्या समुदाय एवं समाजका सबै व्यक्तिहरूको साथ र सहयोगबाट मात्र समाधान हुन सक्छ । अझै कतिपय यस्ता रोगव्याधी लाग्छ जसको समयमै उपचार हुन नसकेमा ज्यान समेत जान सक्छ । यस्ता रोग जसलाई उपचार गर्न सामान्य आर्थिक अवस्था हुनेहरुको लागी असम्भव प्राय हुन्छ जसको लागी मानवियताको हिसाबले अन्य सर्वसाधरण सबै मनकारीहरुको साथ र सहयोगको जरुरत पर्छ । वास्तवमा यस्ता समस्या पर्दा एकआपसमा सहयोग गर्नु नै मानवीय धर्म र परोपकारी काम हो । यस्तै मानवीय धर्मको आवश्यकता यति बेला एक होनाहार युवालाई परिरहेको छ जसलाई सबैको साथको जरुरत छ जसको बारे यहाँ सविस्तार जानकारी दिइएको छ ।

बाग्लुङ नगरपालिका वडा १४ नारायणस्थानका स्थायी बासिन्दा वर्ष २६ का जितेन्द्र सुनारको हाल दुवै मृगौलाले पुर्णरुपमा काम गर्न छोडेकोले जीवनको अन्तिम लडाई अस्पतालको सैंयामा लडिरहेका छन् । अति विपन्न परिवारमा जन्मेका जितेन्द्रका ४ दाजुभाइ र १ जना दिदी छन् । उनका बाबु धन बहादुर सुनार र आमा हरिकला सुनार गाउँमै खेती किसानी गरेर जीवन गुजरा चलाइरहेका छन् । जितेन्द्र परिवारमा सबै भन्दा कान्छा छोरा हुन्, उनी विगत ३ वर्ष पहिले रोजगारीको सिलसिलामा मलेसिया गएका थिए । मलेसियामा केही वर्ष मिहिनेत गरेर केही कमाई गरी घरमा आएर विवाह गर्ने, परिवारमा हाँसीखुशी रहने सुन्दर सपना सजाएका जितेन्द्र मलेसिया पुगेको २ वर्ष पछि नै बिरामी परे र पारिवारिक सल्लाह अनुसार नेपाल फर्कने निधो गरे यद्दपी ३ वर्षको कम्पनी सँगको करार अवधि पुरा नभएकोले नेपाल फर्किन छुट्टी मिलेन । त्यसपछि त्यहीको अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा ग्याँस्ट्रिकको समस्या देखायो र औषधी उपचार गरे तापनि उनको समस्या ठिक हुन सकेन । अन्तत उनी ७ महिना अगाडी नेपाल फर्के र नेपालको अस्पतालहरुमा स्वास्थ्य परीक्षण गरे । उनको स्वास्थ्य परीक्षण गर्दा डाक्टरले त्यति बेला दुवै मृगौलाले करिब ३५ प्रतिशत मात्र काम गरेको र औषधी नियमित सेवन गरे ठिक हुने बताए । सोही अनुसार करिब ६ महिना नियमित औषधी सेवन गरे तर ठिक भएन । अहिले पुन स्वास्थ्य परीक्षण गर्दा भने दुवै मृगौलाले लगभग काम गर्न छोडेको ( करिब १५ प्रतिशत मात्र काम गर्ने ) र तुरुन्त मृगौला प्रत्यारोपण गर्नु पर्ने भन्ने मेडिकल रिपोर्ट “वीर अस्पतालले” दिएको छ जसका कारण परिवार तनावमा छन् । अहिले सम्म उपचार गर्दा करिब ८ लाख भन्दा बढी खर्च भइसकेको छ । अव उप्रान्त मृगौला प्रत्यारोपण गर्न र औषधी खर्च जुटाउनको लागी लाग्ने खर्च जोहो गर्ने कुनै आधार नभएको र अहिले सम्म गरिएको खर्च समेत गाउँघरमा साहुमहाजनहरु सँग ऋण सापटी लिएर गरिएको थियो ।

जितेन्द्र सुनार अहिले अस्पतालको शैयामा जीवनको अन्तिम लडाई लडिरहेका छन् र तत्काल मृगौला प्रत्यारोपण गर्नु पर्ने डाक्टरको सुझाव भए तापनि आर्थिक अभावका कारण प्रक्रिया अगाडी बढ्न सकेको छैन । हुन त उनकी आमाले उनलाई मृगौला दान गर्ने भएकी छन् तर आर्थिक जोहो हुन नसक्दा एवं सरकारी सहुलियत लिनको लागी समेत आवश्यक कागजात जुट्न नसक्दा प्रत्यारोपणको कार्य अगाडी बढ्न सकेको छैन । उनका बाबु धन बहादुर सुनारका अनुसार “विपन्न आर्थिक अवस्था भएकालाई सरकारले निःशुल्क मृगौला प्रत्यारोपण गर्ने खबर सुनेको छु तर आवश्यक कागजात एवं प्रक्रिया पुराउन समय लाग्ने रहेछ साथै प्रत्यारोपण पछिको नियमित औषधी उपचार आफैले गर्नु पर्ने, बिरामी कुरुवा देखि काठमाण्डूको महँगो पर्ने बसाई, यातायात खर्च आदिको लागी झनै बढी खर्च लाग्ने देखियो जसलाई पुरा गर्न आफ्नो कुनै स्रोत नभएकोले मनकारी सबै देश विदेशमा रहनु भएका नेपाली दाजुभाइ, दिदीबहिनीहरु, सामाजिक संघसंस्थाहरुको आर्थिक सहयोग जुट्न सके छोरो जितेन्द्रले नयाँ जीवन पाउन सक्ने थियो । यसैले सबैको साथ र सहयोगको लागी विनम्र अनुरोध गर्दछु “।

अत: यस्तो विपन्न आर्थिक अवस्थामा गुज्रेको परिवारमा परेको यो अनेपेक्षित सङ्कट र विपतलाई तपाईँ, हामी सबैको स-सानो सहयोग हुनसकेमा मृत्युसँग लडाई लडिरहेका खाउखाउ र लाउलाउको उमेरका युवक जितेन्द्रले समयमै मृगौला प्रत्यारोपण हुने अवसर पाउने छन् अनि नयाँ जीवन उनलाई मिल्ने छ तर यसका लागी उनको एउटा परिवारबाट सम्भव छैन यसकालागी देशविदेशमा रहनु हुने तमाम नेपालीजनहरुको साथ र सहयोगको आवश्यकता छ तसर्थ आफू सक्दो सहयोग गरी दिनु हुन हार्दिक अनुरोध छ । सहयोगको लागी देहायको बैङ्क खातामा आफ्नो सहयोग जम्मा गर्न सक्नु हुनेछ र देहायका फोन नम्बरमा सम्पर्क समेत गर्न सक्नु हुनेछ । “आपत् विपतमा परेकाको सेवा नै मानवीय धर्म हो ” !
सहयोगको लागी सम्पर्क :

Jitendra Sunar
Global IME Bank, Gongabu Branch Kathmandu
Account no: 3507010012930.
Phone no: 9867611245
धन बहादुर सुनार : 9805218564
कृष्ण सुनार : 9805221487, 9849065975.

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू