अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०४ | Colorodo: 15:19

एनआरएन अमेरिकाका सह-कोषाध्यक्ष प्रकाश सापकोटाको आईसिसी सदस्य पदमा उम्मेद्वारी किन ?

बिआरटीनेपाल २०७४ साउन ८ गते ०:३८ मा प्रकाशित

आसन्न एनआरएन अमेरिकाको निर्वाचनमा वर्तमान कार्यसमितिका सह-कोषाध्यक्ष प्रकाश सापकोटा आईसिसी पदको लागि चुनावी प्रतिस्पर्धा छन् । नेपालमा रहँदा पर्यटन ब्यवसायमा संलग्न सापकोटा पछिल्लो समय नेपालमा प्रविधि र पर्यटनमा लगानी गरेर निरन्तर एनआरएनमा सक्रियता दर्शाउँदै आएका सापकोटाले एनआरएनमा युवाको आवश्यकतालाई औंल्याउँदै आईसिसी सदस्य पदमा उम्मेद्वारी दिएका हुन् ।

नेपालको विकासमा पर्यटन ब्यवसायले अहम् भूमिका निर्वाह गर्ने भएकोले विज्ञान तथा प्रविधिको उपयोग गरेर आफूले नेपालको उन्नती र विकास प्रवद्र्धनार्थ काम गरिरहेको बताउने सापकोटा आफ्नो अनुभवलाई अमेरिका र नेपाली समुदायमा पुलको रुपमा काम गर्न आफू आईसिसी सदस्यतिर लम्किएको जनाए ।

सहकोषाध्यक्ष पदमा निर्वाचित भएपछि आर्थिक पारदर्शिताको लागि हरेक पटक उनले आवाज मात्र उठाएनन्, वेबसाइटमा सम्पूर्ण आर्थिक क्रियाकलाप राख्ने परम्पराको सुरुवात पनि गरे । युवा आवाजको प्रतिनिधित्व, भुकम्पताका नेपालमा सहयोग र पछिल्लो समय भुकम्प पुनर्निर्माणमा संलग्न सापकोटाले आईसीसीमा निर्वाचित गराएर काम गर्ने अवसर प्रदान गराउन सम्बद्ध सबैमा आग्रह गरेका छन् ।

हाल अमेरिकाको कोलोराडोनिवासी सापकोटा सुचना प्रविधिको यस जमानमा आफुले आर्जन गरेको अनुभव एनआरएनको माध्यमबाट इमान्दारिताका साथ नेपाल र नेपालीको लागि समर्पण गर्ने प्रतिबद्धता ब्यक्त गर्दछन् ।

यस्तो छ सापकोटाको अपिल :

अमेरिकाको विभिन्न स्थानमा बस्नुहुने आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा नमस्कार

एनआरएन अमेरिकाको निर्वाचन नजिकिँदै गइरहेको कुरा यहाँहरुलाई अवगत नै छ। हामी सबैको चाहनाअनुरुप हुन लागेको यो निर्वाचनमा यहाँहरु सबैको संलग्नता रहने कुरामा म आशावादी छु । वर्तमान कार्यसमितिमा यहाँहरुको चाहनाअनुसार म सहकोषाध्यक्ष पदमा रही काम गरेको र संस्थामा अझै जिम्मेवार भई काम गर्ने इच्छा भएकोले सबैको सुझाब र सल्लाहानुसर आउँदै गरेको निर्वाचनमा मैले अन्तराष्ट्रिय समन्वय समिति (आईसीसी) को सदस्य पदमा उम्मेद्वारी दिने निर्णय गरेको छु ।

आगामी कार्यकालको लागि मेरा योजनाहरु यस्ता छन्-

० नेपालमा प्रबिधि क्षेत्रमा लगानी भित्र्याउन विशेष पहल गर्ने  ।

० नेपालमा रहेका पर्यटकिय क्षेत्रहरुलाई प्रबिधिको माध्यमबाट विश्वभर परिचय गराउन पहल गर्ने, नेपाल र प्रवासी नेपालीको पहिचान स्थापित गराउने  ।

० जन्मभुमी र प्रवासी हामी नेपालीको हितमा निरन्तर काम गर्नका लागि संस्थालाई अग्रसर गराउन हातेमालो गर्ने र एनआरएनलाई सबै नेपालीहरुको साझा र दुस्खको आवाज बोल्ने संस्थाको रुपमा विकास गरी आगाडी बढाउन पहल गर्ने ।

० एनआरएनका सदस्यहरुलार्इ ३ महिनाभित्रमा परिचय पत्र र नेपाल सरकारसंग कुरा गरी गैरआवासिय परिचय पत्र लिनको लागि सहज बनाउने कार्यमा सक्रिय रहने छु ।

आगामी निर्वाचनमा मैले सधै जस्तो यहाँहरुको माया, साथ र सहयोगको अपेक्षा लिएको छु र यहाँहरुले आफु र आफ्ना हितैषीहरुबीच प्रचारप्रसार तथा मुल्य मतदान गरी सहयोग गरिदिन हुन विनम्रतापुर्वक हार्दिक अनुरोध गर्दछु । धन्यवाद ।

 
 
प्रतिक्रिया