अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०१ | Colorodo: 05:16

नेपाली घरको अध्यक्ष पदमा लछुमन राणा निर्विरोध निर्वाचित

नातिबाबु भट्ट, कोलोराडो २०७४ असार १३ गते २३:५० मा प्रकाशित

कोलोराडोमा सक्रिय नेपालीहरूको साझा संस्था नेपाली घरको कार्यसमितिका सबै पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका छन् । आगामी २ बर्से कार्यकालको लागी कार्यसमितिका पदाधिकारीहरुको निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिले जुन २६ तारिकका दिन दिएको जानाकारी अनुसार सबै पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका हुन् ।

यसरी निर्विरोध निर्वाचित हुने पदाधिकारीहरुमा अध्यक्ष लक्षुमण राना, उपाध्यक्ष द्धय नातिबाबु भट्ट र कुमारजंग कार्की, महासचिव निर्मल श्रेष्ठ, पब्लिक रिलेसन अफिसर उपेन्द्र रिजाल रहेका छन् । त्यसै गरी अन्य बोर्डअफ डिरेक्टरहरुमा जगदिशचन्द्र ढकाल, राज ढुङ्गाना र अजुर्नकुमार केसी रहेका छन् ।

नयाँ कार्यसमितिलाई आगामी अगष्टमा कार्यभार हस्तान्तरण गरिने नेपाली घरका अध्यक्ष योगराज गौतमले बताएका छन् । संस्थाले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न राजेन्द्र शर्माको संयोजकत्वमा तिन सदस्सिय निर्वाचन समिति गठन गरेको थियो । समितिका अन्य सदस्यहरूमा वासुदेव दहाल, ज्ञानेन्द्र काफ्ले रहेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू