अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४५ | Colorodo: 19:00

अमेरिकाको जर्जियामा महानन्द सापकोटा जयन्ती सम्पन्न

बिआरटीनेपाल २०७४ असार १२ गते २१:५३ मा प्रकाशित

जुन २५, जर्जिया । अमेरिकाको जर्जियामा वरिष्ठ भाषाविद् ,कवि तथा साहित्यकार महानन्द सापकोटाको ११८औं जन्मजयन्ती समारोह सम्पन्न भएको छ । अनेसास तथा अनेसास जर्जिया च्याप्टरको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रमा टेलिफोन कविता बाचन् कार्यक्रम गरिएकोले अमेरिका भरीका स्रष्टाले आफ्नै ठाउँमा बसेर रचना बाचन् गर्न सक्ने र त्यसरिनै साहित्य अनुरागीहरुले पनि सुन्न मिल्ने नयाँ प्राबिधिको प्रयोग गरिएको थियो ।

अनेसासका अध्यक्ष पदम विश्वकर्माको सभापतित्व रहेको उक्त कार्यक्रमको सञ्चालन अनेसास जर्जिया च्याप्टरका महासचिव किरण ढकाल र उपाध्यक्ष अम्बिका लोहनीले संयुक्त रूपमा गरेका थिए । सो कार्यक्रमको संयोजन नासियाका पूर्व अध्यक्ष डा. सन्जिब सापकोटाले गरेका थिए । सो कार्यक्रम फेसबुकको inls georgia मा हेर्न सकिने व्यवस्था गरिएको थियो ।

साहित्यकारहरु पदम विश्वकर्मा, मोहन सिटौला, कृष्ण धराबासी, गोविन्द गिरी प्रेरणा आदिले वरिष्ठ साहित्यकार महानन्द सापकोटाको जीबनीको बारेमा चर्चा गरेका थिए ।

उहाका टेक्सासको डल्लास निवासी नाति सुरेश सापकोटाले आफ्नो हजुरबुवाको नाममा स्थापना गरिएको पुरस्कारको बारेमा सूचित गराएका थिए। बुहारी गीता देवी सापकोटाले आफ्नो ससुरा जीवित हुंदाका दिनचैर्यालाई स्मरण गरेकी थिइन् ।

सो कार्यक्रममा महानन्द सापकोटाले लेखेको जेम्स प्रधान र नलिना चित्रकारको स्वर रहेको यो “तमाखु, सिगरेट र गाँजा” बोलको गीतको अध्यक्ष पदम विश्वकर्माले बिमोचन गेरेका थिए । सो अवसरमा प्रसिद्ध गायक नलिना चित्रकारले केही अंश गाएर सुनाएकी थिइन् ।

कार्यक्रममा अमेरिका तथा क्यानडामा बस्ने १८ जना कविहरुले आ-आफ्नो रचना बाचन् गरेका थिए । तुलसी आचार्य, मुक्ति गौतम, ऋषि बस्ताकोटी, बि के सेवक,मणी नेपाली पनेरु, शिखर शर्मा, गीता कंडेल, राम लामा अविनाशी, पुष्प राज पौडेल, ईश्वर देबकोटा, मिना शाक्य प्रधान, पदम विश्वकर्मा, सर्बग्य वाग्ले, सतिश त्रिपाठी, गीता देवी सापकोटा, उर्मिला पन्थी, प्रकाश नेपाल, किरण ढकालले आ-आफ्नो रचना बाचन् गरेका थिए ।

अन्तमा आयोजकका तर्फबाट समस्त सहभागी स्रष्टा तथा श्रोताहरुलाई अनेसासका अध्यक्ष पदम विश्वकर्माले धन्यवाद ज्ञापन गर्दै जर्जिया च्याप्टरका अध्यक्ष किरण ढकालले कार्यक्रम बिसर्जन भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू