अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४५ | Colorodo: 15:00

वैज्ञानिक समाजवादी सत्तामा मात्र शिक्षा–स्वास्थ्य नि:शुल्क हुन्छ -धर्मेन्द वास्तोला

बिआरटीनेपाल २०७४ असार ६ गते ११:४६ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीका नेता एवं स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोलाले राज्यले शिक्षामा व्यापार गर्न दिएर अपराध गरेको बताएका छन् ।अखिल क्रान्तिकारीको उपत्यका समन्वय समितिद्वारा मंगलबार अनामनगरस्थित संवाद डबलीमा आयोजित ‘वर्तमान शैक्षिक अवस्था, शुल्क वृद्धि, पैदा भएका चुनौति तथा समाधानका उपाय’बारे अन्तरक्रियामा नेता वास्तोलाले सोक कुरा बताएका हुन् ।

शिक्षा र स्वास्थ्य राज्यले जनतालाई निशुल्क दिने आधारभूत विषय भएको भन्दै नेता वास्तोलाले राज्यसत्ताको चरित्र अनुरुप नै अहिलेको शिक्षामा दलाल पूँजीवादीहरुले व्यापार गर्ने मौका मिलेको बताए ।

वैज्ञानिक समाजवाद स्थापनाले यो समस्यालाई समाधान गर्न सकिने उनको भनाई छ ।  दलाल पूँजीवादीद्वारा संरक्षित शासक वर्ग रहेसम्म नागरिकले वैज्ञानिक र व्यवहारिक शिक्षा पाउन नसक्ने र ६-६ महिना शुल्क वृद्धि भइराख्ने बताउँदै त्यसनिम्ति विद्यार्थी, अभिभावक एकजुट भएर निशुल्क गराउन संघर्ष गर्नुको विकल्प नरहेको बताए ।

विगतमा विद्यार्थी संगठन र निजी विद्यालय संगठनबीच भएको सम्झौता तत्काल गर्न समेत उनले आग्रह गरे । निजी विद्यालय संचालकहरुले निशुल्क शिक्षालाई निमुख वर्गलाई चर्को मूल्यमा बिक्री गर्ने र त्यसबाट आर्जित नाफाले आफ्ना छोराछोरीलाई विदेश लगेर पढाउने तरिका दलाली चरित्र भएको बताए ।
आफू जागिर सरकारको खाने तर छोराछोरीलाई विदेश र महंगा बोर्डिङमा पढाउने शिक्षक देश भक्त हुन नसक्ने उनको तर्क छ । आफ्ना सन्तान र आफन्तका छोराछोरीलाई विदेश लगेर पढाउने शासक र नेताबाट नागरिकले अपेक्षा गर्नु आनौठो हुने बताए ।

देशको कूल बजेटको २५ प्रतिशत रकम शिक्षा छुट्याएर शिक्षा निःशुल्क बनाउनुपर्ने बताए । शिक्षा र स्वास्थ्यको व्यापार फस्टाउनुमा राज्यको गम्भीर दोष रहेको र अब दलाली–व्यापारीलाई नरोके राज्यले थेग्न नसक्ने भनाई छ । शिक्षा र स्वास्थ्यमा विभेद गरेकै कारण गरिब र धनी वर्ग उत्पन्न हुने गरेकोले यसलाई भत्काउन सबै एकजुट भई दलाल सत्ताविरुद्ध वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न आन्दोलनमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा प्याब्सनका अध्यक्ष कर्णबहादुर शाही, डिके ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष पूर्ण सिंह, सचिव रामबहादुर विक, अभिभावक संघका केशव पुरीलगायतले धारणा राखेका थिए ।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू