अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२६ | Colorodo: 22:41

नवलपरासी घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण (विज्ञप्ती)

बिआरटीनेपाल २०७४ असार ४ गते ७:४० मा प्रकाशित

देशका विभिन्न भागहरुमा राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको स्थानीय निर्वाचनको विरोधमा आयोजना गरेको प्रदर्शन तथा जुलुशका क्रममा सुरक्षाकर्मीहरुद्वारा भएको बल प्रयोग र गिरफ्तारीप्रति राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । आईतवार आयोगले प्रेश विज्ञप्ती जारी गर्दै स्वेच्छाचारी गिरफ्तारी नगर्न तथा शान्तिपूर्ण प्रदर्शनमा रहेका व्यक्तिहरुलाई दुव्र्यवहार नगर्न आग्रह गर्दै शनिबार नवलपरासीको परासी बजारको बुद्धचोकमा राजपा नेपालद्वारा आयोजित कार्यक्रममा लाठीचार्ज, अश्रुँग्यास प्रहार तथा गोली प्रहार गर्दा ४ जना घाइते भएको तथ्य समेतबाट आयोग गम्भीर भएको बताउँदै यस घटनाप्रति सरकारको ध्यानाकर्षण गराएको हो ।

जारी विज्ञप्तीमा भनिएको छ -‘सुरक्षाकर्मीहरुले हिजो शनिबार नवलपरासीको परासी बजारको बुद्धचोकमा राजपा नेपालद्वारा आयोजित कार्यक्रममा लाठीचार्ज, अश्रुँग्यास प्रहार तथा गोली प्रहार गर्दा ४ जना घाइते भएको तथ्य समेतबाट हामी गम्भीर भएका छौं ।

त्यस्तै नेपालगञ्ज, जनकपुर, सुनसरी, विराटनगरमा समेत पक्राउका सुचना हामीले प्राप्त गरेका छौं । सुरक्षाकर्मीहरुलाई अधिकतम संयमता अपनाउन आग्रह गर्दर्छौ । साथै, आन्दोलनकारी दल राजपालाई समेत अन्य नागरिकको निर्वाचनमा भाग लिन पाउने अधिकारलाई समेत अवरोध नगर्न, राजनीतिक दलका प्रचार सामग्री जलाउने जस्ता कार्यसमेत नगर्न, निर्वाचनको कार्यक्रम नविथोल्न र आफ्ना आन्दोलनका कार्यक्रमलाई शान्तिपूर्ण र अहिंसात्मक बनाउन आयोग सम्बन्धित पक्षलाई आग्रह गर्दछ ।’

त्यस्तै आयोगले नेपालको संविधान तथा मानव अधिकार एवम् कानूनको परीधीमा रहन सम्बद्ध सबै पक्षलाई समेत आग्रह गरेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू