अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०२ | Colorodo: 09:17

‘सहयोगी महिला समुदाय नेपाल’द्वारा बिपन्न बिद्यार्थीहरुलाई छात्राबृति प्रदान

बिआरटीनेपाल २०७४ जेठ २७ गते २:५९ मा प्रकाशित

बिगत दुइ बर्ष देखि सक्रिय रुपमा सामाजिक कार्यमा अग्रणी भुमिका निर्भाह गर्दै आएको सस्था सहयोगी महिला समुदाय नेपाल द्वारा दुर्गम गाउँका २३ जना बिपन्न बिद्यार्थीहरुलाई छात्राबृति प्रदान गरेको छ ।

सहयोगी महिला समुदाय नेपाल द्वारा ूनओइलाउन कोपिलाू भन्ने मुल मन्त्रलाइ आत्मासाथ गर्दै गिरीब, बिपन्न, अनाथ बालबालिकाहरुलाइ शिक्षाको लागि छात्रवृति प्रदान गर्दै उनीहरुको सुनौलो भबिष्यलाइ सुनिश्चित बनाउदै अन्धकार बाट उज्यालो ज्योति तर्फ़ लैजादै भर्खरका कोपिला नानि बाबुहरुलाई सुन्दर फूलमा परिणत गर्न हरदिन प्रयासरत छ ।


विभिन्न अन्य सामाजिक कार्यक्रम गर्दै आउने क्रममा भर्खरै मात्र श्री जाल्पा मा.बि सुनकोशी गाउँ पालिका- ७ कोठे सिन्धुपाल्चोकमा अध्यन गर्ने नर्सरी देखि कक्षा ५ सम्मका अति बिपन्न परिवारका २३ जना बालबालिकाहरुलाई पूर्ण छात्रवृति प्रदान गरेको छ ।

बिगतका दिनहरुमा पनि महिला,बालबालिका, अनाथ तथा बृद बृदाहरुको लागि धेरै सामाजिक कार्य गर्दै आएको सहयोगी महिला समुदायले भुकम्प पिडित बालबालिकाहरुको लागि समेत एक च्यारिटि सास्कृतिक कार्यक्रम आयोजना गरि शैक्षिक सामाग्री वितरण गर्नुको साथै झमक कुमारी घिमिरेलाई समेत सम्मान तथा सहयोग प्रदान गरेको थियो त्यसैगरी काठमाडौँमा पनि अन्य २ जना अनाथ बालबालिकाहरुलाई बिद्यालय तथा शिक्षाको लागि पूर्ण छात्रवृति प्रदान गरि आफ्नो सामाजिक कार्यलाई अगाडी बढाउदै आएको छ ।

अबका दिनहरुमा अझ बढि ससक्त रुपमा सामाजिक कार्यमा लाग्दै दिन दुखिहरुको सेवामा समर्पित हुदै जाने कुराको जानकारी सहयोगी महिला समुदाय नेपाल सस्थाकी कोशाधक्ष्य तथा बरिष्ट समाजसेवी प्रेज्ना कार्कीले गराइन । यस सस्थाको अधक्ष्य रत्ना कार्की हुन भने सस्थाको सचिबमा गीता भण्डारी रहेकी छन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू