अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३९ | Colorodo: 11:54

देशमा लगानी गरेर भावी सन्ततिको लागि ढोका खोल्न उद्योग मन्त्रीको अनुरोध

बिआरटीनेपाल २०७४ जेठ ११ गते ७:४४ मा प्रकाशित

उद्योग मन्त्री नविन्द्रराज जोशीले देशमा आर्थिक समृद्धिको संभावनाको ढोका खुलेको भन्दै प्रवासमा रहेका नेपालीहरुले समेत देशमा लगानी गर्न अनुरोध गर्नु भएको छ । जनसम्पर्क समिति अमेरिकाले वुधवार न्यूयोर्कमा आयोजना गरेको अन्र्तक्रियालाई सम्बोधन गर्दे मन्त्री जोशीले देशसँगको सम्बन्ध स्थापित गर्ने प्रयासमा हातेमालो गर्न प्रवासीहरुलाई अनुरोध गर्नुभएको हो ।

मन्त्री जोशीले भन्नुभयो – हामी नेपालमा लगानीको वातावरण वनाउँदैछौं, विदेशमा वस्नेहरुलाई अवसर प्रदान गरेर तपाईहरुलाई सहयात्रामा सहभागी हुनेछ भन्ने विश्वास रहेको छ ।

मन्त्री जोशीको भनाई थियो तपाईहरु पहिलो पुस्ताले मेहनत गरेर आर्जन गरेको सीप र पूँजी मातृभूमिमा परिचालन गर्नु भयो भने तपाईहरुको दोश्रो पुस्ताका सन्ततिलाई पनि मातृभूमिसँग जोडने सेतुको रुपमा यसले काम गर्नेछ ।

मन्त्री जोशीले लगानी सम्मेलनको आयोजना गरेर सवै राजनीतिक दलको प्रतिवद्धतामा देशमा स्वदेशी पूँजीको परिचालन र वैदेशिक लगानीको मार्ग प्रशस्त गर्न सफल भएको वताउनु भयो ।

मन्त्री जोशीले औषधि उद्योगको सञ्चालन गरेर अत्यावश्यक औषधिको उत्पादन थालनी गरेको र आगामी दिनमा कपडा उद्योग पनि सञ्चालन गरेर देशमा औद्योगिक वातावरणको अभियान थाल्न आफूले प्रयास गरेको जानकारी दिनुभयो ।

जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरका अध्यक्ष रोशन ढुंगानाको सभापतित्वमा भएको कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले राजनीतिक स्थायित्व पछि अव आर्थिक समृद्धमा सवैको सहकार्य आवश्यक रहेको भन्नुहुँदै आफू त्यसको लागि सदैव तत्पर रहने वताउनुभयो । कार्यक्रममा महासचिव मुनेन्द्र नेम्वाङ्ग कांग्रेसका नेता त्रैलोक्यप्रताप सेन लगायतका व्यक्तित्वहरुले आफनो धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू