अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३० | Colorodo: 14:45

कालिकोट घटना : यसरी भयो आक्रमण र राप्रपा उम्मेदवार धनरुप बटालाको मृत्यु

बिआरटीनेपाल २०७४ जेठ १ गते २०:३७ मा प्रकाशित

बेलुकाको चार बज्दै थियो मतदाता परिचयपत्र लिएका सर्वसाधारण भोट हाल्न ब्यस्त थिए । माओवादी केन्द्रका कार्यकर्ताले निर्वाचन वहिष्कार गरेको विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको पनि मतदाता परिचयपत्र लिएर ‘फर्जी’ मत हाल्न सुरु गरे ।

मतदान स्थलमै रहेका विप्लवका कार्यकर्ताले त्यसको विरोध गरे । प्रहरीले विप्लवका कार्यकर्तालाई मतदान स्थलबाट लाठीचार्ज गरेर भगायो । साँझ पाँच बजे मतदान सकिएपछि निर्वाचन अधिकृत दुर्गा भट्टले उम्मेदवारको रोहबरमा मतपेटिका सिल गरे प्रहरीले मतपेटिका उठाउनै लाग्दा चारैतिरबाट नेकपा कार्यकर्ताले ढुंगा प्राहार गर्न थाले,

नेकपाका दुईतीन सय कार्यकर्ताले विद्यालय भवन घेरा हाले । चारैतिरबाट आक्रमण सुरु भएपछि प्रहरीले झ्यालबाट गोली प्रहार गर्यो । प्रहरीको पहिलो गोली नरहरिनाथ गाउँपालिका ६ का राप्रपा उम्मेदवार धनरुप बटालाको कोखमा लाग्यो । उनी ढले ।
दुई गोली लागेका धनरुपको राति १२ बजे मृत्यु भयो ।आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू