अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०५ | Colorodo: 12:20

कांग्रेसको बिरासत मानिएको कीर्तिपुर नगरपालिका १ मा एमाले प्यानल बिजयी

बिआरटीनेपाल २०७४ जेठ १ गते ३:४६ मा प्रकाशित

काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानलले जीत हात पारेको छ । नेपाली कांग्रेशको बर्चस्व रहंदै आएको कीर्तिपुर नगरपालिका वडा नम्बर १ मा यो पटकको निर्वाचनमा भने अध्यक्षमा एमालेका हर्ष महर्जन सहित सदस्यमा सुनिता महर्जन, सुमन पोख्रेल, धनबहादुर महर्जन विजयी भएका छन् ।

अध्यक्षमा एमालेका हर्ष महर्जनले ७ सय ५५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्धी कांग्रेसका उमेद्वारले ६ सय २३ र नेकपा माओवादीको उम्मेदवारले २ सय ८५ मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू