अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५० | Colorodo: 19:05

नेजा साधारण सभामा एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवारको बहस कार्यक्रम सम्पन्न 

बिआरटीनेपाल २०७४ वैशाख २३ गते २३:४० मा प्रकाशित
नेपाल अमेरिका पत्रकार संघ (नेजा)को पहलमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव समिति अमेरिकाको आगामी निर्वाचनको लागि अध्यक्ष पदका प्रत्याशीहरुको बहस कार्यक्रम सम्पन्न भएको छ l
 
नेपाल अमेरिका पत्रकार संघ को उद्घाटन  पश्च्यात बहस कार्यक्रम सुरु भएको थियो l उक्त बहस कार्यक्रममा एनआरएन अमेरीकाको अध्यक्ष पदका प्रत्यासीहरूमा केशव पौडेल ,राम सी पोख्रेल ,डिल्ली भट्टराई र गौरी जोशी सहभागि भएका थिए l  बहसमा रबिना थापा तथा कृष्ण पोख्रेलको अनुपस्थित रहेका थिए l
 
अमेरिकी राष्ट्रपतिको चुनावी बहस जस्तै शैलीमा नेता छान्नको लागि उक्त बहस कार्यक्रम राखिएको थियो l बहस कार्यकम सवा घण्टा सम्म चलेको थियो भने समय अभावको कारण दर्शक तथा सामाजिक संजाल बाट आएका प्रश्नहरु उम्मेदवारहरुलाई सोध्न असमर्थ भएको जानकारी कार्यक्रम संचालक बाल जोशीले जानकारी गराएका थिए l 
 
बहस कार्यक्रम विभिन्न संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिएको थियो l कार्यक्रममा अध्यक्ष पदका उम्मेदवारहरु  केशव पौडेल ,राम सी पोख्रेल ,डिल्ली भट्टराई र गौरी जोशीले आफ्नो परिचय दिदै आफ्ना कुराहरु ,कार्य योजना र प्रतिबद्धता जाहेर गरेका थिए l 
 
कार्यक्रमको अध्यक्षता भोला आचार्यले गरेका थिए भने कार्यक्रम संचालक बाल जोशीले ३ चरणमा जम्मा १२ वटा प्रश्नहरु उम्मेदवारहरुलाई राखेका थिए l 
 
प्रतिक्रिया