अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२० | Colorodo: 10:35

७ नम्बर प्रदेशमा कांग्रेस–माओवादीबीच चुनावी एकता

बिआरटीनेपाल २०७४ वैशाख ११ गते २०:१२ मा प्रकाशित

स्थानीय तह निर्वाचनमा प्रदेश नम्बर ७ मा कांग्रेस–माओवादीबीच चुनावी एकता गर्ने सहमति भएको  छ । माओवादी प्रदेश नम्बर-७ का इन्चार्ज एवं स्थायी समिति सदस्य लेखराज भट्ट र कांग्रेस केन्द्रीय सदस्य एनपी साउदलगायतका नेताहरुबीच प्रदेश नम्बर ७ मा चुनावी एकता गरेर जाने सैद्धान्तिक सहमति भएको हो ।

प्रदेश नम्बर ७ का माओवादी प्रचार विभाग प्रमुख ओमविक्रम भाट ‘सरल’ ले लामो छलफलपछि कांग्रेस र माओवादी केन्द्र चुनावी एकता गर्न सहमतिमा पुगेको बताए । प्रदेश नं. ७ सुदूरपश्चिममा कूल ८८ वटा स्थानीय तह छन् । प्रदेशस्तरमा चुनावी एकताका लागि सहमति भए पनि जिल्ला तथा स्थानीय तहमा भने सर्कुलर भएको छैन ।

केही दिनअघि एमाले सुदूरपश्चिम समन्वय कमिटिले माओवादी केन्द्रसँग चुनावी एकता गर्ने प्रस्ताव अघि सारेको थियो । यद्यपि, कांग्रेस–माओवादीबीच चुनावी एकता गर्ने सहमति भएको खबर आजको नयाँ पत्रिकामा छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू