अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०४ | Colorodo: 06:19

रहेनन् निर्माता तथा कलाकार प्रदिप सिंह

बिआरटीनेपाल २०७४ वैशाख ८ गते २३:४७ मा प्रकाशित

नेपाली कला जगतका प्रख्यात निर्माता तथा कलाकार प्रदिप सिंहको निधन भएको छ । विसं २०१५ साल असार १४ गते बौद्धमा जन्मेका प्रदीप सिंहको मृगौलाले काम गर्न छोडेपछि उपचारका क्रममा भारतको कोककत्तामा शुक्रवार साँझ निधन भएको हो ।
२०४१ मा नीर शाहद्धारा निर्देशित पच्चीस बसन्त बाट चलचित्र अभिनयमा प्रवेश गरेका सिंहले चलचित्र साथै ४० भन्दा राम्रा टेलिफिल्ममा अभिनय गरेका छन् । विजयवहादुर सिंह र रोज सिंहका छोरा प्रदीप सिंहले आफ्नो आवाजमा गीति एल्वम पनि बजारमा ल्याएका थिए । श्री समूह मार्फत नेपाली रंगमञ्चमा प्रबेश गरेका सिंहको निधनले सिंगो कला क्षेत्र स्तब्ध बनेको छ ।

सिंहको पार्थिव शरिर कलकत्ताबाट काठमाण्डौ ल्याईदैछ भने आज दिउँसो ३ :३० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा अन्तिम श्रद्धाञ्जलीका निम्ती उनको पार्थिव शरिर राखिने जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया