अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०४ | Colorodo: 12:19

लवक नेपाली समाजमा नयॉ कार्यसमिति चयन, अध्यक्षमा गौतम

बिआरटीनेपाल २०७४ वैशाख २ गते १७:४८ मा प्रकाशित

लवक, टेक्सस राज्यको लवकमा रहेका नेपालीहरूको प्रतिनिधिमुलक संस्था लवक नेपाली समाजमा सुरेन्द्र गौतमको नेतृतमा नयॉ कार्यसमिति चयन भएको छ । समाजका अगुवा प्राध्यापक डाक्टर मेघनाथ पराजुली र शर्मिला पराजुलीको निवासमा भर्खरै सम्पन्न दोस्रो अधिवेशनले निवर्तमान उपाध्यक्ष समेत रहेका गौतमको नेतृत्वमा नयॉ कार्यसमिति चयन गरेको हो । प्रा डा पराजुलीको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट सर्वसम्मतरूपमा चयन भएको उक्त कार्यसमितिको अध्यक्ष पदमा गौतम सहित उपाध्यक्षमा रामभक्तव जोशी, सचिवमा शर्मिला पराजुली र कोषाध्यक्षमा विन्दया सुवेदी रहेका छन् । त्यसै गरी कार्यसमिति सदस्यहरूमा डा राजन घिमिरे र प्रभा घिमिरे चयन भएकाछन ।
प्रा डा पराजुलीसहित रेसम घर्ति, डा माधव पाण्डे र जया पराजुली सम्मिलित निर्वाचन कमिटीले नव निर्वाचित कमिटीको घोषणा गर्दै बधाई एवं सफल कार्यकालको शुभकामना दिएको थियो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष डा माधव पाण्डेले संस्थाले पछिल्लो विनाशकारी भूकम्पमा २३ हजार डलर सहयोग गरेको, अमेरिकामा नेपाली भाषा पाठशाला सन्चालन गरेको, नेपालको विकट लमजुडको घामराडवेसीमा खानेपानीको लागी सहयोग गरेको लगायतका प्रगति विवरण प्रस्तुत गर्दै समाजको सेवामा सधैँ समर्पित रहने बताए । कार्यक्रममा पूर्वअध्यक्ष रेसम घर्ति, प्राध्यापक विभा गौतम, टेक्सस टेक विश्वविद्यालयमा रहेको नेपाली विद्यार्थी सङ्घका अध्यक्ष अशोक ढकाल लगायतको उपस्थिति रहेको थियो । टेक्सस टेक नामक लोकप्रिय विश्वविद्यालय रहेको यस ठाउँमा झन्डै डेढसय नेपाली रहेको वताईन्छ ।

प्रतिक्रिया