अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२२ | Colorodo: 01:37

सुख्खा पहिरोमा परी सवारी साधन पुरिए, दुईको मृत्यु

बिआरटीनेपाल २०७३ चैत २१ गते १९:३० मा प्रकाशित

चितवन, २१ चैत । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कविलासको घुमाउनेमा आज बिहान सुख्खा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ । पहिरोमा परेर गम्भीर घाइते भएका दुई जनाको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनीहरूको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार, पहिरोमा परी पाँच वटा मोटरसाइकल, एउटा ट्रक, एउटा ट्याङ्कर, एउटा कार, एउटा टाटामोबाइल गाडीसहित ९ वटा सवारी साधन पुरिएको अनुमान छ । बिहान १०ः४० बजेको समयमा सुख्खा पहिरो जाँदा सडकमा गुडिरहेका सवारी साधनलाई पुरेको थियो । । उद्धार कार्य जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान प्रहरीको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू