अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१६ | Colorodo: 14:31

किरात खम्बुवान लोकतान्त्रिक पार्टीमा प्रवेशको लहर

बिआरटीनेपाल २०७३ चैत १९ गते १०:४२ मा प्रकाशित

स्थानीय तहको निर्वाचन नजिकै गर्दा किरात खम्बुवान लोकतान्त्रिक पार्टीमा प्रवेशको लहर चलेको छ । शनिबार संवाद डबलीमा पार्टीको उपत्यका समन्वय समितिको घोषणा कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै दुई दर्जनले पार्टी प्रवेश गरेका छन् ।

पार्टीका केन्द्रीय उपाध्यक्ष शान्तिराज राईले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए । राईले स्थानीय तहको निर्वाचनमा पूर्वको पहिलो पार्टीले हुने दाबी गरे । 

त्यसैगरी उपाध्यक्ष यसुराज राईले दलिय व्यवस्थामा दललाई चुनाव चिन्ह नदिने जस्तो अलोकतान्त्रिक कुरा अरु नहुने बताए । राईले आफूहलाई चुनाव चिन्ह नदिए चुनाव बहिस्कार गर्ने चेतावनी समेत दिए । महिला संयोजक ज्योति राई, केन्द्रीय सदस्य रजिन राई लगायतले धारणा राखेका थिए ।

कार्यक्रममा उपत्यका संयोजकमा जयबाबु राई र उपसंयोजकमा रोशन राईलाई जिम्मेवारी दिएको घोषणा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू