अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४० | Colorodo: 13:55

अमेरिकामा अध्यनरत नेपाली बिद्यार्थीको आयोजनामा अन्तराष्ट्रिय सम्मेलन हुँदै

बिआरटीनेपाल २०७३ चैत १७ गते ११:४३ मा प्रकाशित

उच्च शिक्षाको लागी अमेरिकामा आएका नेपाली बिद्यार्थीहरुको समुह ‘नेप्लिज स्टुडेन्ट एसोसिएसन’को आयोजनामा नबौ अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। बिज्ञान तथा प्रबिधि -नयाँ अबशर र चुनौती शिर्षक दिईएको सो सम्मेलन आगामी चैत १९ अर्थात अप्रील १ तारिकका दिन अमेरिकाको न्यु मेक्सिको राज्य स्थित न्यु मेक्सिको स्टेट युनिभर्सिटीमा हुने भएको हो ।

अमेरिकाका बिभिन्न राज्यमा अबस्थित कलेज तथा युनिभर्सिटिमा अध्यनरत तथा अध्यापनरत विद्यार्थी तथा प्रध्यापकको उल्लेख्य सहभागिता रहने जानकारी दिईएको छ। सम्मेलनलाई अमेरिकाका लागी नेपाली राजदुत डाक्टर अर्जुन कुमार कार्किले मुख्य बक्ताको रुपमा सम्बोधन गर्नेछन्।

स्नातक, स्नातकोत्तर र बिध्याबारिधी गरेका र गरिरहेका बिद्यार्थी तथा प्राध्यापकले आफ्ना खोज अनुसन्धान मुलक सामाग्री पस्कने उक्त सम्मेलन बिहान देखी साँझसम्म भिन्न भिन्न सत्रमा संचालन गरिने छ। अमेरिका नेपाल चिकित्सा प्रतिस्ठानका उपसभापती डाक्टर सन्तोष सापकोटा, टेक्सास युनिभर्सिटीका प्रध्यापक मेघनाथ पराजुली, एरोहेड सेण्टरका डाईरेक्टर टेरि लम्बार्ड, गैरआवसिय नेपाली संगठनका सभापती डाक्टर केशब पौडेल, लगाएत बिज्ञहरुले अतिथी बक्ताको रुपमा सम्बोधन गर्ने तथा अन्य दर्जन बढी बिज्ञहरुले सम्बोधन गर्ने जानकारी उक्त सम्मेलनकी संयोजक तथा न्यु मेक्सिको स्टेट युनिभर्सिटीमा बिध्याबारिधी गर्दै गरेकी मेनुका कार्कीले दिएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू