अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३३ | Colorodo: 01:48

अमेरिकाका नेपालीहरुको नेपाली काँग्रेसको संस्थागत क्षयीकरण प्रति ध्यानाकर्षण

बिआरटीनेपाल २०७३ चैत १३ गते १४:४४ मा प्रकाशित

आदरणीय सभापति
नेपाली काँग्रेस
केन्द्रीय समिति सानेपा ललितपुर

विषय: नेपाली काँग्रेसको संस्थागत क्षयीकरण प्रति ध्यानाकर्षण

महोदय,
नेपाली काँग्रेसको हालको कार्य समिति गठन भएको विगत एक वर्ष यता देशमा प्रजातान्त्रिक संस्कार मूल्य र मान्यतामा ह्रास हुँदै गएको प्रत्क्षय महसुस स्वदेश र विदेश स्थित नेपाली समुदायले गरी राखेको यथार्थ नेपाली काँग्रेसको केन्द्रीय समितिलाई जानकारी गराउन चाहन्छौँ । मुलुकमा एकातिर वामपन्थी बर्चस्व बढदै जानु र अर्कातिर नेपाली काँग्रेस जस्तो प्रजातन्त्रको मियो बनेको राजनीतिक संस्था संस्थागत ढङ्गले क्षतबिक्षत हुँदै जानु अत्यन्त दुख लाग्दो पक्ष हो । सभापतीय पद्द्तीमा आधारित नेपाली काँग्रेस आफै विधान अनुरूप र संस्थागत तवरले बिधिवत एब्ं व्यवस्थित सञ्चालन हुन नसक्नाले नेपाली काँग्रेस प्रति सकारात्मक धारणा विकसित हुन नसकेको यथार्थलाई नेतृत्वले स्वीकार गर्दै देशमा विधिको राज्य स्थापनार्थ सहयोग पुर्याओस भन्ने हाम्रो आग्रह छ ।

आज नेपाली काँग्रेसको नेतृत्वले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई व्यक्तिगत फाइदाको प्रयोजनको निम्ति प्रयोग गर्दै जान थालेकोमा हाम्रो घोर आपत्ति छ किन भने राजदूत नियुक्ति अनि प्रहरी नेतृत्वको बढुवामा नेपाली काँग्रेसको नेतृत्वको गैर जिम्मेवारी पन, सर्वोच्च अदालतको आदेश जस्ता विषयमा नेपाली काँग्रेसको केन्द्रीय समिति मौन बस्नु अत्यन्त अशोभनीय पक्ष हो । पार्टीको विधान अनुसार पदाधिकारी र जिम्मेवारी वितरणको उचित निर्णय समय मै नहुनु नालायकीको अर्को नमुना बनेको छ । राजनीतिमा योगदान, त्याग र क्षमता भन्दा भागवण्डाको उदेक लाग्दो संकृती गुट र गिरोहको चलखेल जस्ताले नेपाली काँग्रेसलाई गतिहिन बनाइरहेको पक्षले हामीहरू लाई सधैँ पोलिरहन्छ ।

साथै वर्तमान नेतृत्व केन्द्रीय कार्य समितिले आसन्न स्थानीय चुनावको लागि सम्पूर्ण जिल्लाहरूमा निर्वाचन कार्यालयमा पार्टी दर्ता समेत नगरेर जसरी खेलवाड र अक्षमता देखाएको छ त्यसबाट आम नेपाली जनतामा नेपाली काँग्रेस पार्टीको शाख गिराउने कार्य भएको छ । नेपाली काङ्रेसको मुख्य साझेदारी रेहेको सरकारले भूकम्प पीडितको पुनर्निर्माणमा देखाएको उदासीनताले खिन्न मात्र बनाएको छैन विदेशीले दिएको र विदेशमा बस्ने नेपालीले पठाएको सहायता सहयोग समेत उचित प्रयोग हुन नसकेकोमा आहत समेत छौँ । यसै गरी नेपाली काँग्रेसका विदेश स्थित भलो चिताउने समुदायलाई नेपाली काँग्रेसको नेतृत्वले निजी स्वार्थमा मनपरी प्रयोग गर्ने गरेका लाजमर्दो तरिकाको यस घडीमा केन्द्रीय कार्य समिति मौन बस्नु लाचारी को पराकाष्ठा हो ।

अन्त्यमा उपरोक्त हरेक विषयवस्तु प्रति संस्थागत प्रयासको अपेक्षा गरिन्छ किनकि नेपाली काँग्रेसमा विधि भन्दा व्यक्ति मोटाउने प्रवृत्ति स्थापित हुनु भनेको देशका निम्ति घातक मात्रै नभएर लोकतन्त्रका मूल्य र आदर्श प्रति खेलवाड हो त्यस्तो नहोस समय मै चीत खुलोस भन्ने हाम्रो चाहना रहेको ध्यानाकर्षण गराउन चाहन्छौँ । हाम्रो चिन्ता कुनै एक नेता मात्र प्रति आक्षेप नभएर सबै नेतृत्व वर्ग प्रती खवरदारी हो ।

जय नेपाल ।
. सुरेन्द्रराज देवकोटा पीएचडी
२. रमेश पन्त पीएचडी
३.यादव पन्डित पीएचडी
. आमोद पोख्रेल पीएचडी
. अर्जुन बन्जाडे पीएचडी
६. तरुण पौडेल
. निर्मल गौचन
. उर्मिला पंजियार
. सुमन पराजुली पीएचडी
१०. शिशिर रानाभाट पीएचडी
११. राजन पन्त पीएचडी

प्रतिक्रिया