अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२१ | Colorodo: 16:36

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रोमा अध्यक्ष रामप्रशाद खनाल सहित निर्बिरोध (फोटो फिचर)

बिआरटीनेपाल २०७३ चैत १३ गते १०:४३ मा प्रकाशित

नयाँ कार्य समितिले हिजो देखी आफ्नो कार्यभार सुरु 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो कमिटीको नयाँ कार्य समितिले हिजो देखी आफ्नो कार्यभार सुरु अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो कमिटीको नयाँ कार्य समितिले हिजो देखी आफ्नो कार्यभार सुरु गरेको छ । अध्यक्ष रामप्रसाद खनाल सहित निर्बिरोध र सर्ब सम्मत कार्य समितिका पदाधिकारी एवम् सदस्यहरूलाई निर्वाचन समितिका प्रमुख मन कुमारी थापा, डा. अनिल सुवाल र सुजित अर्जेलले सपथ गराउनुको साथै निर्बाचितहरुलाई निर्वाचन समितिका तर्फ बाट प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । यस अघि गत दुई वर्षको आर्थिक प्रतिवेदन पुष्कर पन्त र अनेसास डिसीले गरेका कार्यहरूको प्रतिवेदन अध्यक्ष रामप्रसाद खनालले प्रस्तुत गर्नुभएको थियो । सविना अर्जेल र पूर्व उपाध्यक्ष भूपनारायण घर्तिमगरले सञ्चालन गर्नुभएको कार्यक्रममा निर्वाचन समितिका तर्फबाट प्रमुख थापाले अध्यक्ष खनाललाई निर्वाचन प्रतिवेदन हस्तान्तरण समेत गर्नुभएको उक्त कार्यक्रममा “अनेसास इतिहास” पुस्तक सार्वजनिक समेत गरिएको थियो । 

संस्थाका संस्थापक होमनाथ सुबेदीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सल्लाहकारहरुको घोषणा गर्दै वहाँहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो । भर्जिनियाको मनासस सहरमा सम्पन्न उक्त कार्यक्रममा प्रेम सङ्रौला, दुर्गा रिजाल, सुनिता खत्री, रजनी श्रेष्ठ, निलकण्ठ सुबेदी, चेतन सिटौला, नीता श्रेष्ठ लगायतका कवि कवयित्रीका रचना पाथ गरिएका थिए । निर्वाचन समितिका आयुक्त सुजित अर्जेलको स्वागत भाषणमा सम्पन्न उक्त कार्यक्रममा अनेसास डिसीका पूर्व अध्यक्ष एवम् दुई वर्षका लागि पुन सर्ब सम्मत अध्यक्ष खनालले नेपाली भाषा, साहित्य, गीत सङ्गीत, कला र संस्कृतिका केही गर्ने हाम्रो अठोटमा यहाँ हरू सबैको साथ र सहयोग जारी रहनेनै छ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ भन्दै सबैलाई धन्यवाद ज्ञापन गर्दै संस्थाका तर्फबाट साहित्यकार सीता पाण्डेलाई सम्मान गर्नुभयो भने समीक्ष्या सापकोटालाई प्रशंसा पत्र प्रदान गर्नुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू