अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४० | Colorodo: 03:55

‘एसियन अमेरिकन एक्सिलेन्स’ अवार्ड नेपाली मुलका ह्यारी (एचबी) भण्डारीलाई

बिआरटीनेपाल २०७३ चैत १३ गते ४:३१ मा प्रकाशित

बाल्टिमोर काउन्टीले ‘एसियन अमेरिकन एक्सिलेन्स’ अवार्ड नेपाली मुलका ह्यारी (एचबी) भण्डारीलाई प्रदान गर्ने भएको छ । अमेरिकी राजनीतिमा सक्रिय भण्डारीलाई आगामी मे ९ तारिखका दिन एक बिषेश समारोहका बिच ‘एसियन अमेरिकन एक्सिलेन्स’ अवार्ड प्रदान गरिने भएको हो ।

बाल्टिमोर काउन्टीलका अनुसार सो समारोहमा भण्डारीसंगै अन्य ४ जना एसियन अमेरिकनलाई पनि अवार्ड प्रदान गरिने भएको छ । बाल्टिमोर काउन्टीस्थित लिनओभर कम्युनिटी एशोसिएसनका स्वयम्सेवी अध्यक्ष समेत रहेका भण्डारीले एसियन अमेरिकनको हैसियतमा उल्लेखनीय योगदान पुर्याएको कदर स्वरुप उनलाई अवार्ड प्रदान गर्न लागिएको हो ।

सन् २०१४ मा मेरील्याण्डको डिस्ट्रिक आठको डेमोक्रयाट्कि पार्टीको आन्तरिक प्रतिस्पर्धामा उत्रेका भण्डारी पेसाले अंग्रेजी विषयका अध्यापन हुन् ।

नेपालको पर्वत जिल्ला मूलघर भएका भण्डारी सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ‘नेपाली फर हिलारी’ नामक चुनावी अभियान सञ्चालन गरेका थिए । भण्डारीले डेमोक्रयाट्कि पार्टीसम्बद्व युवाहरुको संगठन ‘योङ डेमोक्रयाट् अफ अमेरिका’को राष्ट्रिय सचिवको कार्यभार समेत  सम्हालिसकेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू