अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१८ | Colorodo: 10:33

बेल्जियममा मनाईयो कोइरालाको सातौ स्मृति दिवस

बिआरटीनेपाल २०७३ चैत ७ गते २०:५९ मा प्रकाशित

बेल्जियम । नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका दिवङ्गत नेता गिरिजा प्रसाद कोइरालाको सातौ स्मृति दिवस सोमबारका दिन बेल्जियमको आन्त्रोपेन सहरमा नेपाली जन सम्पर्क समिति आयोजानाम एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

नेपाली जन सम्पर्क समिति बेल्जियमको भर्खर सम्पन्न चौथो अधिवेशन मार्फत नव निर्वाचित अध्यक्ष सीता सापकोटाको अध्यक्षतामा सम्पन्न स्मृति सभामा आफ्नो आसनबाट बोल्दै २००७ साल देखि नेपाली काँग्रेसमा कोइरालाको योगदान, प्रजान्त्रीक आन्दोलनमा भूमिका, माओवादी द्वन्द व्यवस्थापन तथा शान्ति वार्ता साथै लोकतान्त्रिक आन्दोलनका एक कुशल योद्धाको रूपमा स्वर्गीय कोइराला परिचित रहेको चर्चा गर्दै श्रद्धान्जली अर्पण गरेकी थिइन । साथै नेपाली जन सम्पर्क समितिको आफ्नो भर्खर सुरुवादी कार्य सँगै सबैसँग सहमति, सहकार्य, सहयोगको भावनाले हातेमालो गर्दै अगाडी बढ्ने बताईंन । 

प्रमुख अतिथिको आसनबाट बोल्दै सस्थापक अध्यक्ष ध्रुब राज पौडेलले स्वर्गीय गिरिजा प्रसाद कोइराला प्रति श्रद्धा सुमन अर्पण गर्दै नेपाली प्रजातान्त्रिक आन्दोलन देखि शान्ति प्रक्रिया कोइरालाको भूमिका बारे चर्चा गरेका थिए । नेपाली जन सम्पर्क समिति बेल्जियमका पूर्व अध्यक्ष इन्द्र क्षेत्री पकवान, गैर आवासीय नेपाली सङ्घ बेल्जियमका अध्यक्ष तथा नेजस पूर्व अध्यक्ष गंगाधर गौतम साथै निबर्तमान अध्यक्ष सुवास जोशीले गिरिजा प्रसाद कोइरालाको नेपाली राजनैतिक पृष्ठ भूमि, उहाँले अङ्गीकार गरेको सहमति-सहकार्य वर्तमान परिप्रेक्षमा पनि उत्तिकै खाचो रहेको बताउँदै वर्तमान संविधान निर्माण पश्चात् कार्यन्वयन तर्फ अधि बढी कार्य पुरा भएको खण्डमा मात्र उहा प्रति सच्चा श्रद्धान्जली हुने कुरा क्रमशः आ-आफ्नो मन्तव्य मार्फत व्यक्त गरेका थिए ।

गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव अर्जुन कुमार श्रेष्ठ, आईसीसी सदस्य जानकी गुरुङ, यूके नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कानुन विद सुरेन्द्र श्रेष्ठ, ओएन एफ बेल्जियमका महासचिव चन्द्र शर्मा, नेजस बेल्जियमका पूर्व सल्लाहकार गोविन्द सुवेदी, नेपाल पत्रकार महासङ्घ यूरोप शाखाका उपाध्यक्ष ओम शर्मा, नेपाली व्यवसायी सङ्घका अध्यक्ष सीपी भट्ट, कास्की समाजका महासचिव तिर्थ धमला, क्षेत्री समाज बेल्जियमका राजु रेग्मीले स्वर्गीय कोइरालाले नेपाली राजनीतिमा दिएको योगदान र वर्तमान नेपाली राजनीति विषम परिस्थितिमा कोइराला अभाव महसुस भएको बताउँदै उहा प्रति श्रद्धान्जली अर्पण गरेका थिए । साथै अन्य विभिन्न सङ्घ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको विशेष उपस्थिति सहित उपस्थिति अन्य महानुभावहरू समेतले कोइराला प्रति पुष्प गुच्छा सहित श्रद्धा सुमन अर्पण गरेका थिए । 

उक्त शोक सभामा उपस्थित सम्पूर्णलाई वरिष्ठ उपाध्यक्ष देवेन्द्र शर्मा देबु आफ्नो मन्तव्य मार्फत स्वागत व्यक्त गर्दै नेपाली काँग्रेसको इतिहास स्थापना काल देखि गणतन्त्र नेपालका महानायकको रूपमा कोइराला स्थापित भएको बताएका थिए । स्वर्गीय कोइरालाका महान् वाणीहरू नेपाली काँग्रेस र वर्तमान राजनैतिक वृत्तमा उतिनै आवश्यक रहेको बताउँदै महामन्त्री दिनेश भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू