अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१८ | Colorodo: 09:33

ट्रम्पको कठोर अध्यागमन नीतिले अमेरिकामा अध्ययन गर्न चाहनेको संख्या ४० प्रतिशतले घट्यो

बिआरटीनेपाल २०७३ चैत ५ गते ४:३२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति ट्रम्पको नीतिगत निर्णयले अध्यागमन कानुनमा भैरहेको परिवर्तनका कारण अमेरिकी युनिभर्सिटीमा अध्ययन गर्न चाहने विदेशी विद्यार्थीहरुको संख्यामा करिव ४० प्रतिशतले कमि आएको छ । एसोसिएसन अफ अमेरिकी कलिजिएट रजिष्ट्रारका अनुसार यस वर्ष अमेरिकी युनिभर्सिटीमा अध्ययन गर्न चाहने विदेशी विद्यार्थीहरुको संख्यामा करिव चालीश प्रतिशतले कमि आएको छ । यस वर्ष पश्चिम एशियाबाट आवेदन दिनेहरुको संख्या उल्लेख्य रुपले घटेको छ ।

अमेरिकी शिक्षा विज्ञहरुका अनुसार राष्ट्रपति ट्रंपले अध्यागमन कानुनमा लिएको कठोर नीतिका कारण तेस्रो विश्वका विद्ध्यार्थीहरुमा उव्जिएको त्राशको कारण यस वर्ष अमेरिकी युनिभर्सिटीमा अध्ययन गर्न चाहने विदेशी विद्यार्थीहरुको संख्यामा कमि आएको हो । बुधबार राष्ट्रपति ट्रंपद्वारा दोस्रो संसोधन सहित मुस्लिम देशहरुका लागि जारि गरिएको ट्राभल ब्याण्ड कार्यान्वयन नगर्न आदेश जारी गर्ने हवाइका न्यायाधीशका अनुसार यो वर्ष अमेरिकी युनिभर्सिटीहरुले ठुलो आर्थि नोक्सानी व्यहोर्ने भएका छन् । स्मरण रहोस राष्ट्रपति ट्रंपले दोस्रो संसोधन सहित नयाँ कार्यकारी आदेश मार्फत सुडान, सिरिया, इरान,लीविया, यमन र सोमालीयाका नागरिकहरुलाई ९० दिनको ट्राभल ब्याण्ड आदेश जारी गरेका थिए ।

एक अध्ययन अनुसार स्नातक तहमा अमेरिकामा अध्यन गर्न चाहने विदेशी विद्ध्यार्थीहरुमा पचाश प्रतिशत कमि आएको छ । एक तथ्य अनुसार अमेरिकामा अध्यन गर्ने विदेशी विद्ध्यार्थीहरुले यहाँको अर्थतन्त्रमा ३२ अरव डलरको योगदान पुर्याउने गरेका छन् । वितेको दशकमा विदेशी विद्यार्थीहरु भित्र्याउने देशहरुमा अमेरिका अग्रस्थानमा थियो । गत वर्ष यो तथ्याङ्क १० लाखको संख्याले नाघेको थियो । न्यूयोर्क युनिभर्सिटी, युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया र नर्थ इस्ट्रन युनिभर्सिटीका अनुसार उनीहरुको विद्यार्थीहरुमा विदेशीको संख्या उल्लेख्य थियो तर यस वर्ष आवेदकको संख्या घटेको छ ।

पोर्टलेन्ड स्टेट युनिभर्सिटीका अध्यक्ष वीम विवेलको भनाइ अनुसार अमेरिकामा अध्ययन गर्न चाहने दक्षिण एशियाली मूलका विद्यार्थीसंग आवेदन प्रक्रियामा भएको काउन्सिलिंगमा विद्यार्थी अमेरिका बसाई लाइ लिएर त्रशित भेटियो । उनका अनुसार अझै मुस्लिम विद्यार्थीहरुको हकमा उनीहरु झनै त्रशित भेटिन्छन । उनको भनाईमा ट्राभल ब्याण्डको समय र विद्यार्थीको आवेदन दिने समय एकै पटक परेको कारण पनि यस्तो त्राश उत्पन्न भएको हो । विदेशी विद्यार्थी आवेदक उल्लेख्य रहने ओहियो युनिभर्सिटीको आवेदकमा यस वर्ष ८ प्रतिशतले कमि आएको छ, यो संख्या इन्डियाना युनिभर्सिटी र पोर्ट्ल्याण्ड स्टेटमा समेत मेल खाएको छ । यी तीन विश्व विद्यालयमा अध्ययन गर्नेहरु मध्य २७ हजारमा १९ सए विदेशी विद्यार्थी रहँदै आएका छन् । ओहियो युनिभर्सिटीमा ८. ४ प्रतिशतले कमि आएको छ भने क्यालिफोर्निया युनिभर्सिटि सम्वद्ध अधिकारी फ्रान्सिस लेसलीका अनुसार युनिभर्सिटीको आवेदन लिने अन्तिम समय र ट्राभल ब्याण्ड संगै परेको कारण अध्ययनन गर्न चाहने विदेशी विद्ध्यार्थीहरुमा कति प्रतिशत कमि आउने हो अनुमान गर्न नसकिए पनि भारी संख्यामा कमि आउने उनको अनुमान छ ।

हेक्का रहोस अमेरिकी विश्व विद्यालयमा अध्ययन गर्ने विदेशी विद्यार्थीहरुकै कारण यहाँका बहुसंख्यक विश्व विद्यालयको अर्थतन्त्र मजवुत रहने गरेको थियो । यसका अतिरिक्त अमेरिकी साना तथा मझौला उद्योग र सूचना प्रविधिको क्षेत्रमा समेत अमेरिकामा अध्ययनरत विदेशी विद्यार्थीहरुको सेवाले उल्लेख्य प्रभाव पार्दै आएको छ ।

 

(तस्बिर सौजन्य: गेट्टी इमेज )

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू