अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४५ | Colorodo: 15:00

युवा संघले जोडेको मित्रता दुस्मनी हुँदै हत्या

बिआरटीनेपाल २०७३ फागुन २० गते २०:२० मा प्रकाशित

युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या भएको झन्डै साढे दुई महिनापछि प्रहरीले अनुसन्धान सकेको छ।  अहिलेसम्म सात जना पक्राउ परिसकेका छन् भने मुख्य योजनाकार र सुटरसहित  पाँच जना अझै फरार छन्।

 

नोज पुन हत्याको मुख्य योजनाकार भएको प्रहरीको भनाइ छ । हत्याको केही समयपछि नै मनोजले केही स्थानीयलाई फोन गरेर हत्याको जिम्मेवारी लिएको बताइएको छ । मनोजले प्रतिशोधका कारण दुर्गा तिवारीको हत्या गरेको रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र धानुकले बताए । तर, कुन कुराको प्रतिशोध भन्ने उनले खुलाएनन् । गत आइतबार प्रहरीले जारी गरेको विज्ञप्तिमा रुपन्देहीमा मनोजको आंतक अझै पनि कायम रहेको उल्लेख छ । तर, कस्तो आतंक भन्नेबारे प्रहरीले थप स्पष्ट पारेको छैन । ‘त्यसबारे पछि कुरा गराँैला,’ प्रहरी उपरीक्षक धानुकले भने । मनोजको सञ्जालबारे पनि प्रहरीले थप स्पष्ट पारेको छैन । अनुसन्धान सफलतापूर्वक सम्पन्न गरेको भन्दै सहयोग गर्ने सबैमा जिल्ला प्रहरी कार्यालयले धन्यवाद समेत दिएको छ । तर, प्रहरीले अझै धेरै प्रश्नको उत्तर दिएको छैन ।

 

यसरी भएको थियो हत्या

गत ४ पुस दिउँसो साढे तीन बजे रुपन्देहीको देवदह–७ का ४० वर्षीय दुर्गाप्रसाद तिवारी लु.२५प ८४४१ नम्बरको मोटरसाइकलमा कोलिया मार्ग हँदै देवदह नगरपालिका कार्यालयतर्फ गइरहेका थिए । उनका पछाडि खुसी न्यौपाने थिए । उनलाई रातो रंगको पल्सरमा रहेका दुईजनाले पछ्याइरहेका थिए । देवदह–८ कोलिया मार्ग सडकमा पुगेपछि अचानक गोली चल्यो । मोटरसाइकल चलाइरहेका तिवारीलाई गोली लागेको थियो । उनी भुइँमा ढले । तिवारी गम्भीर घाइते थिए । तर, न्यौपानेलाई भने गोली लागेको थिएन । तिवारीलाई उपचारका लागि तत्काल देवदह मेडिकल कलेज लगियो । तर, उनको उपचारकै क्रममा मृत्यु भयो । तत्कालै अनुसन्धान सुरु गरेको प्रहरीले तिलोत्तमा–१४ स्थित रोहणीपुलमा रातो रंगको बा.५१प ८०७३ नम्बरको मोटरसाइकल बरामद ग¥यो । सोही दिन देवदहस्थित विभिन्न व्यक्तिको मोबाइलमा फोन आयो । फोन गर्नेको नम्बर भने आउँदैनथ्यो । फोन गर्ने व्यक्तिले आफू मनोज पुन भएको र आफूले नै दुर्गा तिवारीको हत्या गरेको दाबी गरेका थिए  ।

दुर्गा–मनोज यसकारण दुस्मनी

 

एमालेमा डन र अपराधलाई संरक्षण गर्न हुन्न भन्ने पक्षमा युवा संघका सिद्धिचरण भट्टराई, नीलकण्ठ पौडेल र दुर्गा तिवारी लगायत थिए । उनीहरूकै सक्रियतामा ०६९ सालमा मनोज पुनलाई कारबाही गरी निष्कासन गरिएको थियो । त्यसपछि उनले दुर्गासँग दुस्मनी साँधेका थिए । डन बन्ने र पैसा कमाएर मन्त्री बन्नेसम्मको सपना बोकेका पुनले तिवारीलाई तगारो ठानेका थिए । दुस्मनीको अर्को कारण मनोज पुनका साथीहरूलाई नै प्रयोग गरी उनको तस्करी धन्दालाई युवाहरूको प्रतिरोधबाट नियन्त्रण गर्न दुर्गा तिवारी सक्रिय थिए । तिवारी ०७० सालपछि क्रमशः युवा संघ जिल्ला सदस्य हुँदै जिल्ला अध्यक्ष बने । केबिआई इँटा उद्योग खोलेर सफल व्यवसायीसमेत बने । उनले युवालाई समेट्दै रचनात्मक काममा समेत अगाडि बढाएको कुरा मनोज पुनलाई चित्त बुझेको थिएन । यसैकारण देवदह क्षेत्रमा तिवारीको लोकप्रियता आपराधिक मनोवृत्तिमा रहनेलाई तगारो नै थियो । तिवारीको सफायापछि अरू उद्यमीलाई धम्क्याएर पैसा असुल्न सफल भइने र आफ्नो राज चलाउन पाइने उद्देश्यले हत्या गरिएको जानकारहरू बताउँछन् । आजको नयाँ पत्रिकामा समाचार छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू