अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५५ | Colorodo: 07:10

अमेरिकाकै सञ्चार माध्यममाथी ट्रम्पको प्रतिबन्ध-बीबीसी, सीएनएन लगायतलाई पनि प्रवेश निषेध

बिआरटीनेपाल २०७३ फागुन १४ गते १९:०१ मा प्रकाशित

  अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी सञ्चारमाध्यमलाई रोक लगाएको छ।  ‘अफ क्यामेरा डेली ब्रिफिङ’ कार्यक्रममा सिएनएन, न्युयोर्क टाइम्स जस्ता सञ्चारमाध्यमलाई ट्रम्प प्रशासनले सहभागी हुन रोकेको हो।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी सिन स्पाइसरमा कार्यकक्षमा वासिङटन टाइम्स, एबीसी, सीबीएस, एनबीसी, फक्स, रोयटर्स र ब्लुमबर्गलाई प्रवेश दिइएको थियो । समाचार संस्था एपीले भने उक्त प्रेस सम्मेलनको बहिष्कार गरेको थियो । ह्वाइट हाउसको रिपोर्टिङ गर्ने पत्रकारको समूह ‘द ह्वाइट हाउस करेसपोन्डेन्ट्स एसोसिएसन’ले ट्रम्पको कार्यको आलोचना गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफू प्रेस स्वतन्त्रताको विरोधी नभई झूट सञ्चारमाध्यमको विरुद्ध भएको बताएका छन् । ट्रम्पले ‘कन्जरभेटिभ पोलिटिकल एक्सन कंग्रेस’ १३ मिनेटसम्म सञ्चारमाध्यमको आलोचना गरे । उनले भने, ‘म सञ्चारमाध्यमको विरोधी होइन, म प्रेस स्वतन्त्रताको विरुद्ध छैन । म खराब समाचार बनाउन योग्य व्यक्ति हुँ भने पनि म दुःख मान्दिनँ । सत्य खबर मलाई मन पर्छन् तर त्यस्ता समाचार पढ्न पाइँदैनन् । म झूट र बनावटी समाचार र सञ्चारमाध्यमको विरुद्ध छु ।’

उनले अधिकांश सञ्चारमाध्यमले झूटो समाचार सम्प्रेषण गर्ने गरेको दाबी गरे । त्यस्ता खाले सञ्चारमाध्यमले पाठक/दर्शकलाई गुमराहमा राख्ने गरेको उनको भनाइ छ । बनावटी र नक्कली समाचार तयार गरेर स्रोत भनेर सञ्चारमाध्यमले उल्लेख गर्नु दुःखद भएको उनले बताए । उनले भने, ‘समाचार तयार पार्ने क्रममा सञ्चारमाध्यमले नाम नखुलाएर स्रोत भनेर उल्लेख गर्न हुँदैन । उसको नाम सार्वजनिक गर्नुपर्छ ।’ अमेरिकी राष्ट्रपतिको चुनाव अभियानका बेला यस्ता घटनाको स्वयं भुक्तभोगी भएको उनले स्पष्ट पारे । वास्तविकता एकातिर भए पनि सञ्चारमाध्यमले अर्कोतिर लेख्ने गरेको राष्ट्रपतीय चुनावका बेलाको प्रसंग ट्रम्पले स्मरण गरे ।

ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि गरिएको पहिलो पत्रकार सम्मेलनमा सिएनएनका पत्रकारसँग विवादमा उत्रिएका थिए । उनले ती पत्रकारलाई प्रश्न सोध्न पनि दिएका थिएनन् । उनके सिएनएनलाई ‘झूट सञ्चारमाध्यम भन्दै आलोचना गरेका थिए । केही समयपूर्व उनले कैयौं सञ्चारमाध्यमलाई ‘अमेरिकी जनताको दुस्मन’ भनेर उल्लेख गरेका थिए । उनले ट्विट गर्दै लेखेका थिए, ‘झूट समाचार प्रकाशन/प्रसारण गर्ने सञ्चारमाध्यम एनवाईटाइम्स, एनबीसीन्युज, एबीसी, सीबीएस, सीएनएन) मेरा दुस्मन होइनन्, ती त अमेरिकी जनताका दुस्मन हुन् ।’

आफ्नो प्रशासनले राम्रो काम गरे पनि ती सञ्चारमाध्यमले झूटो समाचार बनाइरहन्छन् । राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसभित्र अव्यवस्था भइरहेको भनेर समाचार बनाउनु उनीहरूको काम भएको ट्रम्पको गुनासो थियो । अमेरिकी सञ्चारमाध्यमले मुस्लम बहुल सात देशका नागरिकलाई अमेरिका प्रतिबन्ध, प्रवेशाज्ञा (भिसा) नियममा परिवर्तन जस्ता विषयमा आलोचना गर्दै आएका छन् । निर्वाचनका बेला पनि अमेरिकी सञ्चारमाध्यम ट्रम्पमाथि खनिँदै आएका थिए ।अन्नपूर्ण पोष्टमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू