अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२९ | Colorodo: 04:44

‘मेरो देश छोड्’ भन्दै अमेरिकी पूर्व सैनिकद्वारा भारतिय नागरिकको गोली हानी हत्या

बिआरटीनेपाल २०७३ फागुन १४ गते १८:१७ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरुलाई अमेरिकाबाट हटाउन थप फोर्स परिचालन गर्ने समाचार आईरहेकै बेला अमेरिकाको कान्सास राज्यमा एक अमेरिकी पूर्वसैनिकले भारतीय इन्जिनियरको गोली हानी हत्या गरेका छन् । कान्सासस्थित अस्टिन बार एन्ड ग्रिल नामक रेस्टुरेन्टमा आडम प्युरिन्टन नामका अमेरिकी पूर्वसैनिकले ‘मेरो देश छाड’ भन्दै भारत हैदरावादका ३२ वर्षीय इन्जिनियर श्रीनिवास कुचिभोट्लाको  गोली हानी हत्या गरेका हुन् ।

घटनामा ति ईन्जीनियरका साथी आलोक मदासिनी र गोली प्रहारको प्रतिकार गर्ने अमेरिकी नागरिक इयान ग्रिलोट समेत घाइते भएका छन् ।गोली प्रहारबाट श्रीनिवासको मृत्यु भएपनि घाईते भएका आलोक भने बाँच्न सफल भएका छन् । भारतीयहरूलाई बचाउने क्रममा अमेरिकी नागरिक इयान ग्रिलोट पनि घाइते भएका थिए । 

कान्सास सिटी स्टार पत्रिकाले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जनाए अनुसार प्युरिन्टनले आक्रोशित हुँदै मेरो देश छाड् भन्न थालेपछि रेस्टुरेन्टका कर्मचारीले उनलाई बाहिरिन भनेका थिए केही बेर बाहिरिएका प्युरिन्टन लगत्तै रेस्टुरेन्ट भित्र पसेर श्रीनिवास र आलोकमाथी गोली प्रहार गरेका थिए ।
उनिहरुलाई गोली प्रहार गरेर भागेका प्युरिन्टनलाई लागेको थियो आफुले २ जना भारतियको हत्या गरें यो कुरा उनले अस्टिन बार एन्ड ग्रिल रेस्टुरेन्टबाट ९० माइल टाढाको मिसौरीको क्लिन्टनस्थित रेस्टुरेन्ट पुगेर बोलेका थिए । गोली हानि भागेका उनि उक्त रेस्टुरेन्टमा रक्सी पिउन थालेपछि नसाको सुरमा यो कुरालाई बाहिर ल्याए । प्युरिन्टनले आफुले मध्यपूर्व मूलका दुई मानिसको हत्या गरेको र लुक्ने ठाउँ चाहिएको बताएका थिए ।

अमेरिकी जलसेनाका पूर्वकर्मचारी प्युरिन्टनलाई उनले रक्सी पिएको रेस्टुरेन्टका कर्मचारीको सहयोगमा पक्राउ गरिएको थियो ।
दुई भारतीयलाई मध्यपूर्व मूलका मानिस सम्झेर आक्रमण गरेको अनुमान गरिए पनि ति पूर्व सैनिकले मेरो देश छोड् भन्दै गोलि हानि गैर अमेरिकीको हत्या गर्नुले यो घटनाले अमेरिकामा बसिरहेका अन्य देशका नागरिकहरुमा त्रास थपिएको छ ।

भलै ति पूर्व सैनिकलाई राष्टपति ट्रम्पले गोली हान्ने आदेश नदिएका भएपनि ट्रम्पको नयाँ अभिब्यक्तीले अमेरिकीहरुमा आप्रवासीलाई धपाउनु पर्छ र थिचोमीचो गर्नु पर्छ भन्ने सन्देश फैलन सुरु गरेको छ भन्ने कुरा यो घटनाले देखाएको छ । एउटा रेस्टुरेन्टमा अमेरिकीले सबैका सामु मेरो देश छोड् भनेर गोली हानि हत्या गर्नुले ट्रम्पले आप्रवासीलाई देखाएको ब्यवहारले अमेरिकीहरुलाई अपराध सम्म गर्नका लागि हौसला थपीएको यो घटनाले सावित गरेको छ ।

भारतले श्रीनिवासको शवको व्यवस्थापनका लागि दूतावासका दुई अधिकारी कान्सास पठाएको छ भने भारतिय सञ्चार माध्यमदेखी सम्पुर्ण जनताहरु यो घटनाको निन्दा गरिरहेका छन् । अमेरिकास्थित भारतिय राजदुताबासका अनुसार गोली प्रहारबाट घाईते भएका आलोक मदासिनी उपचारपछि अस्पतालबाट फर्किसकेका छन् ।

घटनापछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ट्वीटमा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू