अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२१ | Colorodo: 08:36

डा. ब्रिजेश मैनालीको प्रश्नः’यो देश बनाउने जिम्मा कसको हो?’ (भिडियो सहित)

बिआरटीनेपाल २०७३ फागुन ९ गते ३:४७ मा प्रकाशित

डाक्टर ब्रिजेश मैनालीको प्रस्तुतीमा ‘यो देश बनाउने जिम्मा कसको हो?’ प्रश्नसहितको नेपालको समसामयिक बस्तुस्थिती झल्काउने म्युजिक भिडियो यु ट्युब् मार्फत सार्वजनिक भएको छ ।डाक्टर मैनालीद्वारा रचित तथा दिपक शर्माद्वारा संगितबद्ध उक्त गीत प्रताप लामा र सहिमा श्रेष्ठको आवाजमा बजारमा आएको हो ।

निलद्वारा निर्देशित तथा छायांकन गरिएको उक्त म्युजिक भिडियोको सम्पादन दिप शर्माले गरेका छन्। एकातर्फ देशको अस्थिर राजनीति, देशमा विद्यमान समस्या अनी जनमानसमा रहेका प्रश्न तथा गुनासोहरुलाई यस गीत मार्फत मार्मिक रुपमा उठान गरिएको छ भने अर्कातर्फ देश बनाउन सबै नेपाली एकजुट भएर लाग्नुपर्ने सकारात्मक सन्देश दिन खोजिएको छ।

म्युजिक भिडियोमा धनी र गरीब बिचको असमानता, सहमतीको नाममा हुने निष्कर्षबिहिन कोठे बैठकहरु अनि आम जनताले भोग्नुपरेका समस्याहरु, नेपालसंग सम्बन्धित आर्थिक तथा सामाजिक यथार्थलाई निर्देशक निलले निकै सशक्त ढंगले म्युजिक भिडियोमा उतारेका छन् भने अर्कोतर्फ एकआपसका असहमतिका बाबजुदपनि सबै एकैठाउँमा उभिएर देशको बिकासमा लाग्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिन खोजिएको छ। मनोज थापा, दिप शर्मा लगायतका करिब २० जना कलाकारले यस म्युजिक भिडियोमा आफ्नो भूमिका निभाएका छन्। यस गीतबाट आफुलाई प्राप्त हुने रोयल्टी बिपन्न बालबालिकाको शिक्षाका लागि सहयोगमा खर्चिने बिचार रहेको गीतकार तथा निर्माता डा. मैनालीले बताए।

प्रतिक्रिया