अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४४ | Colorodo: 05:59

आविष्कार केन्द्र बनाउन जग्गा बेचेका महावीर पुनले आफ्ना सबै पदकहरु पनि बेच्ने घोषणा

बिआरटीनेपाल २०७३ फागुन ४ गते ५:५१ मा प्रकाशित

राष्ट्रिय आविष्कार केन्द्र बनाउने अभियानमा जुटेका सामाजिक अभियान्ता महावीर पुनले आफ्ना सबै पदकहरू बेच्ने घोषणा गरेका छन् । बुधबार पुनले २५ वर्ष लामो समय समाज सेवामा सक्रिय हुँदाका सबै पदक बिक्री गर्ने घोषणा गरेका हुन् ।

पुनले आफ्ना सबै पदक, तक्मा अर्थात् मेडल कसैले पदक संग्रह गर्न चाहेको भए आफू बिक्री गर्न तयार भएको आफ्नो फेुसबुक मार्फत बताएका हुन् । आफ्ना पदकहरुको तस्विर सहित पदक बेच्न खोज्नुको कारण समेत उल्लेख गरेका पुनले यो निर्णय सहि लागेको भन्दै आफुलाई यी पदक नबेच्न सल्लाह नदिनका लागि समेत अनुरोध गरेका छन् ।

उनले आफ्नो फेसबुक पेजमा लेखेका छन् :
मैले २५ बर्ष सम्म समाज सेवाको काम गर्दा बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरु र नेपाल सरकार बाट समेत गरेर बिभिन्न किसिमका पदकहरु पाएको छु। ती पदक हरु कोठाको कुनामा बसिरहेका छन्। यदि पुराना पदकहरुको संग्रहकर्ताहरु कोही हुनु हुन्छ र मैले पाएको पदकहरु किनेर सुरक्षित साथ संग्रह गर्न चाहानु हुन्छ भने इमेल मार्फत मात्र सम्पर्क गर्नु होला। इमेल nicnepal.mahabir@gmail.com हो। यसबाट आएको सम्पूर्ण रकम राष्ट्रिय आविष्कार केन्द्रमा जाने छ।

अब रह्यो स्पष्टीकरणस् ति पुराना पदकहरु लाई बिक्रीमा राखेर मैले ति संस्थाहरु तथा नेपाल सरकारको अपमान गर्न खोजेको पटक्कै होइन बरु ति पदकहरु को उपयोग सहि कामको लागी गर्न खोजेको हो। यसो गर्यो भने ति संस्थाहरुको पनि महत्व बढ्छ र ति पदकहरुको पनि पूर्ण सदुपयोग हुन्छ भन्ने मेरो धारणा छ। ति पदकहरु दिने संस्थाहरुले पनि ‘महाबीर पुनले भविष्यमा अझै राम्रो काम गरोस’ भनेर नै दिएका त होलान नि। पक्कै पनि ति पदकहरु भित्तामा झुन्ड्याएर राख्न मात्र त दिएका होइनन होला तरु अर्को कुरा मैले ति पदकहरु म मरे पछि आफु संगै लैजान पनि त सक्दिन नि। त्यसैले म जीउँदो छदै ति पदकहरुको सदुपयोग गर्न खोजेको हो। यो कुरामा म धेरै बाद बिबाद गर्न चाहान्न। यो मेरो निर्णय नै हो। कसैले कमेन्ट गरेर पदक नबेच्ने सुझाब नदिनु होला ।

उनले बिक्री गर्ने पदकको लिस्टमालिस्टमा म्यागासेसे पदकसँगै राष्ट्रदीप, नेपाल सरकारबाट प्राप्त दुई मेडल, युएसएबाट प्राप्त इन्टरनेट हल फेम, युएसएबाटै प्राप्त अनर ग्राज्याजुएट युर्निभरसिटी अफ नेब्रास्का र डा. हर्क गुरुङ पर्वतीय पुरस्कारलगायत रहेका छन् । राष्ट्रिय आविष्कार केन्द्र स्थापनामा सक्रिय रहेका पुनलाई केन्द्र स्थापनाका लागि सरकारले सहयोग नगरेपछि केही समयअघि उनले आफ्नो सबै जग्गा समेत बिक्री गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू