अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२३ | Colorodo: 05:38

परपुरुष संगको सम्बन्ध र सम्पत्तीको दाउमा बालबालिका हत्या

बिआरटीनेपाल २०७३ फागुन १ गते २०:३६ मा प्रकाशित

माघ २३ गते पातो ५ का ३ बर्षीय रामअवतार यादवको घाँटी निमोठेर घरकै आगनमा हत्या भयो । आमा चन्द्रिकादेवीसँग भएको घरायसी विवादमा काकाी उर्मीलादेवीले  बालकको हत्या गरेको प्रहरीले जनाएको छ ।

गत साउन १२ गते हनुमाननगर योगनीमाई ७ की ६ बर्षीया प्रतिमा मण्डलको घाँटी थिचेर हत्या भयो । रानीदेवीको परपुरुषसँग रहेको सम्बन्धबारे बालिकाले देखेपछि आमाले नै मलेकपुर १ का शिवशंकर सँग मिलेर हत्या गरेको प्रहरीले जनाएको छ ।

गत मंसिरमा हरिपुर ३ का ८ बर्षीय बालक दुर्गानन्द साहलाई छिमेकीले पैसा असुल्ने नियतले अपहरण गरी घाँटी थिचेर हत्या गरे । शौचालयको सेफ्टी ट्याङकीमा शव भेटियो ।

१० महिनाअघि राजविराज ५ की सञ्जिलादेवीले सम्पत्तीमा एकल कब्जा जमाउन ८ बर्षीय देवर प्रमोदको घाँटी थिचेर हत्या गरिन् ।

पछिल्लो समय सप्तरीमा हत्य , अपहरण र जबरजस्ती करणीका घटनामा आफन्त, नातेदार र छिमेकीको संलग्नता खुलेको छ । जसका कारण जिल्लाका बालबालिका आफन्त र छिमेकीबाट सबैभन्दा असुरक्षित हुँदै गएको पुष्टि गर्छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू