अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४७ | Colorodo: 19:02

३ दिन पछि भेटीए नारायणी अस्पतालबाट चोरी भएका नवजात शिशु

बिआरटीनेपाल २०७३ माघ २३ गते २:३७ मा प्रकाशित

वीरगन्जको नारायणी अस्पतालबाट शुक्रबार आशादेवी पाशवानका नवजात छोरा चोरी गर्ने महिला पक्राउ परेकी छन् । हराएका शिशु पर्साको बेलवा गाविस–९ भेटिएका छन् भने शिशु चोरी गर्ने पर्सा सिक्टाकी लालसादेवी शाहलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

शिशुको अवस्था सामान्य रहेपनि भर्खरै जन्मेको बच्चाले ३ दिन सम्म आमाको दुध खान नपाएकाले केही समस्या हुन सक्ने भन्दै बच्चाको सघन उपचारकक्षमा उपचार भइरहेको छ भने बच्चा चोरीमा पक्राउ परेकी लासलदेवी शाहमाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यसरी चोरी भएका थिए नवजात शिशु

वीरगन्ज उपमहानगरपालिका १ की आशादेवी पाशवान सुत्केरी व्याथा लागेर शुक्रबार बिहान अस्पताल पुगेकी थिइन् । बिहान ७ बजे अस्पताल भर्ना भएकी आशादेवीले १० बजेर ४० मिनेटमा छोरालाई जन्म दिएको अस्पतालले जनाएको छ ।

शिशु जन्मिएपछि अस्पतालले नर्सको सहायतामा प्रसूति कक्षबाट आशादेवीलाई छोरासहित जनरल बेडमा सारेको थियो । वार्डमा राखेपछि आशादेवी र बच्चाको हेरचाहका लागि सासू रमावतीदेवी पासवान बसेकी थिइन् ।

करिब ११ बजे पासवान रहेको बेडमा एक अधबैंसे युवती पुगेकी थिइन् । उनले बुहारी कुर्न बसेकी रमावतीदेवीलाई बच्चालाई दुध खुवाउनुपर्छ भन्दै बच्चा आफूले खेलाएर बसेकी थिइन् ।

ती महिलालो रामावतीदेवीलाई ५० रुपैयाँ दिएर दुध र पाउरोटी ल्याउनु म बच्चा हेर्छु भनेर बाहिर पठाएको रमावतीले बताएकी थिईन् ।
आफ्नो नातीलाई दुध र पाउरोटी किन्न रमावतीदेवी बाहिर गएकै समयमा ती महिला बच्चा लिएर फरार भएको पीडितले आरोप लगाएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू