अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३९ | Colorodo: 16:54

‘प्रेस चौतारी पत्रकारिता’ र ‘क्रियाशील पत्रकारिता’ पुरस्कार अर्याल र केसीलाई

बिआरटीनेपाल २०७३ माघ २२ गते २१:३९ मा प्रकाशित

प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७३ पत्रकार गणेश अर्याललाई प्रदान गरिएको छ । प्रेस चौतारी ईलामले स्थापना गरेको सो पुरस्कार आफ्नौ १९ औं स्थापना दिवसको अवसर पारेर शनिवार पत्रकार गणेश अर्याललाई प्रदान गरिएको हो ।

रु ५ हजार राशिको प्रेस चौतारी पत्रकारिता पुरस्कारको साथमा दोसल्ला र प्रणमपत्र प्रेस चौतारीका केन्द्रीय सदस्य सटेन्द्र जबेगूले अर्याललाई प्रदान गरेका थिए ।

इलामको कोल्बुङमा जन्मेका अर्याल एक दशकयता पत्रकारितामा क्रियाशील रहंदै आएका छन् । ‘आँखा’ साप्ताहिकबाट पत्रकारिता सुरु गरेका अर्यालले ‘पावनभूमि’ साप्ताहिक हुँदै हाल ‘पूर्वाञ्चल दैनिक’, ‘इलाम एफएम’, ‘रेडियो फिक्कल’लगायत सञ्चारमाध्यममा कार्यरत छन्।

.त्यस्तै शनिवार नै बाबियाचौर (म्याग्दी) – प्रेस चौतारी म्याग्दीले स्थापना गरेको क्रियाशील पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार सुरत केसी सम्मानित भएका छन् ।

रु १० हजार १३१ रुपैयाँ राशिको क्रियाशील पत्रकारिता पुरस्कार बाट सम्मानित  केसी विसं २०५८ देखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहंदै आएका छन् ।  नेपाल पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष, रहंदै आएका केसी ‘रुप्से दैनिकका प्रकाशक र ‘म्याग्दीकाली’ एफएमका सम्पादक हुन् ।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष इन्द्रलाल सापकोटा, नेपाल पत्रकार महासंघ बागलुङ अध्यक्ष दील शिरिष, प्रेस सेन्टरका राम अविरल, प्रगतिशील पत्रकार संघका सचिव विजय राना लगायतले प्रेस चौतारी स्थापना दिवसको अवसरमा शुभकामना दिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू