अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२१ | Colorodo: 13:36

सांस्कृतिक सङ्घको सभापति पदको लागि नायिका सुष्मा कार्कीको उम्मेद्धारी

बिआरटीनेपाल २०७३ माघ २२ गते ९:०९ मा प्रकाशित

काठमाडौँ, २२ माघ । नेपाली काँग्रेसको शुभेच्छुक सङ्गठन नेपाल सांस्कृतिक सङ्घको दोस्रो महाधिवेशनको सभापति पदको लागि नायिका सुष्मा कार्कीले उम्मेदारी घोषणा गरेकी छन् ।

बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नायिका कार्कीले सभापति पदको लागि आफ्नो उम्मेद्धारी घोषणा गरेकी हुन्। दोस्रो महाधिवेशनको माहोल तातिरहेको बेला सभापतिको लागि वर्तमान अध्यक्ष तिर्थ थापा, देउडा गायक नन्दकृष्ण जोशी लगायतको नाम चलिरहेको बेला नायिका कार्कीले सभापतिमा आफ्नो उम्मेद्धारी रहने बताएकी हुन्।

नेपाली काँग्रेस पार्टीले लोकतन्त्रको नाममा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने कुरा चलिरहेको बेला यस्तो अलोकतान्त्रिक काम गरेको भन्दै कार्कीले पार्टीका शीर्ष नेताको खरो विरोध गरेकी छन् । नेपाल सांस्कृतिक सङ्घ लावारिसे रूपमा रहेको र स्थापनाको १४ वर्षसम्म पनि कार्यलय खडागर्न नसकेको अवस्थामा आफू सभापति भएपछि पहिलो काम सङ्गठनलाई पार्टीको भातृ सङ्गठनको रूपमा बिकासगर्ने र त्यस पछि प्रत्येक जिल्लामा सांस्कृतिक सङ्घको स्थितिलाई बुझेर व्यवस्थित गर्ने विश्वास व्यक्त गरिन्।

हरेकको ओठमा गीत र हरकको पैतलामा नाच हुन्छ भन्ने सत्यलाई अंगालेकी कार्की विगत लामो समयदेखि काँगेसका हरेक कार्यक्रममा भाग लिने र साथ सहयोग गर्ने कार्यकर्ताको अब्बल सूचीमा पर्छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू