अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१४ | Colorodo: 09:29

दुध लिन जाँदा अस्पतालबाटै नवजात शिशु ‘चोरियो’

बिआरटीनेपाल २०७३ माघ २१ गते २०:१४ मा प्रकाशित

वीरगन्जको छपकैयामा रहेको नारायणी उपक्षेत्रीय अस्पतालको प्रसूति गृहबाटै नवजात शिशु हराएको परिवारका सदस्यहरुले दाबी गरेको छन् ।

वीरगन्ज उपमहानगरपालिका १ की आशादेवी पाशवान सुत्केरी व्याथा लागेर शुक्रबार बिहान अस्पताल पुगेकी थिइन् । बिहान ७ बजे अस्पताल भर्ना भएकी आशादेवीले १० बजेर ४० मिनेटमा छोरालाई जन्म दिएको अस्पतालले जनाएको छ ।

शिशु जन्मिएपछि अस्पतालले नर्सको सहायतामा प्रसूति कक्षबाट आशादेवीलाई छोरासहित जनरल बेडमा सारेको थियो । वार्डमा राखेपछि आशादेवी र बच्चाको हेरचाहका लागि सासू रमावतीदेवी पासवान बसेकी थिइन् ।

करिब ११ बजे पासवान रहेको बेडमा एक अधबैंसे युवती पुगेकी थिइन् । उनले बुहारी कुर्न बसेकी रमावतीदेवीलाई बच्चालाई दुध खुवाउनुपर्छ भन्दै बच्चा आफूले खेलाएर बसेकी थिइन् ।

ती महिलालो रामावतीदेवीलाई ५० रुपैयाँ दिएर दुध र पाउरोटी ल्याउनु म बच्चा हेर्छु भनेर बाहिर पठाएको रमावतीले बताइन् ।

आफ्नो नातीलाई दुध र पाउरोटी किन्न रमावतीदेवी बाहिर गएकै समयमा ती महिला बच्चा लिएर फरार भएको पीडितले आरोप लगाएकी छन् ।

बिलौना गर्दै रमावतीले भनिन्, ‘अस्पताल प्रशासनको लापरबाहीले यस्तो घटना भयो ।’ उनका अनुसार पातलो शरीर र गहुँ गोरो हुलिया भएकी ती महिला प्रसूति वार्डमै थिइन् । ‘अस्पतालका गार्ड र नर्सले अरूलाई बाहिर निकाल्दा पनि ती महिला जतिखेर पनि वार्डमै घुमिरहेको देख्थें,’ गहभरि आँसु झार्दै उनले भनिन्, ‘मैले सोचें, उनी पनि यहींकै स्टाफ हुन् ।’

प्रसुति गृहमा पहिलोपटक नवजात शिशु हराएपछि चिकित्सक, नर्स र कर्मचारी स्तब्ध छन् । ‘यही प्रसूति वार्डमा काम गरेको १७ वर्ष भयो,’ स्टाफ नर्स गीता केसीले भनिन्, ‘पहिलो पटक बच्चा चोरीको घटना सुन्दै छु, मेरो आफ्नै मुटु कामिरहेको छ ।’

मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले ‘नर्मल डेलिभरी’ भएकाले बच्चा परिवारको जिम्मा लगाएर सुत्केरीलाई वार्डमा सारिएको बताए । ‘यस्तो घटना कहिल्यै भएको थिएन,’ डा. साहले भने, ‘प्रहरी प्रशासनको सहयोगमा बच्चा खोजीमा लागेका छौं ।’ प्रसूति गृहमा जो कोहीले सजिलै प्रवेश पाउने गरेको छ ।आजको नेपाल समाचारपत्रमा समाचार छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू