अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५८ | Colorodo: 01:13

नेपाल मागि खाने देश हो-उपेन्द्र यादव

बिआरटीनेपाल २०७३ माघ १७ गते ८:४५ मा प्रकाशित

संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवले नेपाल मागि खाने पहिचान बनाएको देशको सूचीमा रहेको बताएका छन् । सोमबार संवाद डबलीमा राष्ट्रिय शिल्पी आन्दोलनले ‘शिल्पी अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यादवले मुठिभर शासकका कारण नेपालले मागि खाने देशको रुपमा चिनिएको बताएका हुन् ।

‘म मन्त्री भएको बेला धेरै देशमा जाने अवसर पाएँ, नेपाली मन्त्रीलाई भेट्नु अघि उनीहरुले के माग्न आयो ? के दिने होला भनेर सल्लाह गर्ने गर्छन्’ यादवले भने । नेपाली नेता विदेश भ्रमण जाँदा कि माग्न आयो कि युवा शक्ति बेच्न आयो होला भन्ने दृष्टिले हेरिने गरेको यादवले अनुभव सुनाए ।

कार्यक्रममा बोल्दै यादवले नयाँ संविधान उत्पीडित जाति र समुदायको पक्षमा नभएको बताए । ‘यो कुनै उत्पीडित जाति र समुदायको पक्षमा छैन, जसले संविधान लेखे उनीहरुकै पक्षमा छ,’ यादवले भने, ‘यो संविधान पाँच दाजुभाईको पक्षमा छ ।’ उनले जातिय आधारमा शासन व्यवस्था भएकाले उत्पीडित जाति र समुदायलाई अपमान गरेको बताए । उनले संविधान उत्पीडित वर्ग र समुदायको पक्षमा नभएकाले मान्न नसकिने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू