अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४७ | Colorodo: 20:02

दोहोरो नागरिकताबाहक लाई पनि ट्रम्फले भिसा दिन बन्द गर्ने

बिआरटीनेपाल २०७३ माघ १६ गते २१:४९ मा प्रकाशित

अमेरिकाका नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्फले सात वटा मुस्लिम देशहरुका नागरिकलाई अमेरिकाको भिसा नदिने नीति ल्याए सँगै ति देशका दोहोरो नागरिकता बाहक नागरिकहरुलाई पनि अमेरिकाको भिसा नदिने नीति ल्याएका छन् ।

स्टेट डिपार्टमेन्टले जारी गरेको सूचनामा ९० दिनको भिसा समय ईरान, ईराक, सोमालिया, सुडान, सिरिया, लिबिया र येमनका नागरिकहरुलाई अब थप गरिने छैन । यि देशका नागरिकहरुले अन्त देशबाट पासपोर्ट लिएको भएपनि यिनिहरु प्रतिबन्धित हुनेछन् ।

यसको मतलब ईराकीहरु ब्रिटिस पासपोर्टबाट अमेरिका प्रवेश गर्न चाहन्छन् । तर सामान्यतया ब्रिटिस नागरिकलाई अमेरिका छिर्न भिसाको आवश्यकता पर्दैन । यि देशका नागरिकहरुलाई यसरी दोहोरो पासपोर्ट भएपनि अन्त देशबाट अमेरिका प्रवेश गर्न दिईने छैन् ।

तस्विरमाः मुस्लिम देशहरुलाई भिसा दिन बन्द गर्ने नीति ल्याएकोमा जोन अफ केनडी अन्तराष्ट्रिय एअरपोर्टमा बिरोध गर्दै प्रर्दशनकारीहरु ।
स्रोतः एजेन्सि

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू