अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०७ | Colorodo: 06:22

एमाले मोरङको अन्तर विरोध हटाइने

बिआरटीनेपाल २०७३ माघ १६ गते ८:२६ मा प्रकाशित

नेकपा एमाले मोरङका नवनिर्वाचित अध्यक्ष विनोद ढकालले जिल्लामा अधिवेशनताका भएका पार्टीका अन्तरविरोधलाई हल गरेर पार्टीलाई एकतावद्ध बनाएर लान आफु क्रियाशिल हुने बताएका छन् । आज जिल्लाको पथरीशनिश्चरेमा आयोजित २ नम्बर क्षेत्रीय कमिटीले नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारीलाई वधाई ज्ञापन सहित राखेको २२ औं बैठकमा बोल्दै ढकालले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्ने वक्ताहरुले पार्टी भित्रको अन्तरविरोधको कुरा उठाएपछि उनले एमालेको सम्पन्न आठौं जिल्ला अधिवेशनमा भएका प्यानलगत अन्तरविरोधलाई अन्त्य गरेर पार्टीलाई सुढृढ बनाउने कुरामा आफु लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

 

माघ २३ मा नयाँ कमिटीको पहिलो बैठक बसी विभिन्न विषयमा छलफल गरी साझा नीति तय गर्ने समेत जनाएका अध्यक्ष ढकालले एमालेले देशमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको अवस्थामा फागुन २१ देखि मेची महाकाली पदयात्रा गरेर संविधानका अन्तर वस्तु बुझाउँदै जागरण ल्याउने कुरा पनि उल्लेख गरेका छन् ।

कार्यक्रममा, नवनिर्वाचित जिल्लाका पदाधिकारीलाई बधाई ज्ञापन गरिएको छ । सो अवसरमा जिल्ला अध्यक्ष ढकाल, उपाध्यक्ष रामलाल साह, सचिव ऋषिकेश पोखरेल, उपसचिव धना तामांग सहितका पदाधिकारी र सदस्यहरु उपस्थित थिए ।

त्यस्तै क्षेत्रीय अध्यक्ष भोला अधिकारी जिल्ला सदस्यमा निर्वाचित भएपछि उपाध्यक्ष भगत थपलियालाई कार्यवाहक अध्यक्ष बनाएर चाँडै अधिवेशन गर्ने जिम्मेवारी बैठकले दिएको छ । २ नम्बर क्षेत्रीय कमिटीका ६ जना जिल्लामा निर्वाचित भएका र ४ जना उम्मेदवार भएकाले ४५ सदस्यीय कमिटीमा १० सदस्य समेत खाली हुन पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू