अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३८ | Colorodo: 21:53

राष्ट्रपति ट्रम्पद्वारा शरणार्थी र सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेश निषेध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर

बिआरटीनेपाल २०७३ माघ १५ गते १५:१९ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी र आतङ्कले ग्रस्त सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेश निषेध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । शुक्रवार कार्यकारी आदेशमा हस्ताक्षर गरे लगत्तै उनले उग्र इस्लामिक आतङ्ककारीहरुलाई अमेरिका भित्रिन नदिन र अनियन्त्रित आप्रवासीलाई अमेरिका प्रवेशमा कडाई गर्न यस्तो आदेश ल्याउनु परेको बताएका छन् । पेन्टागनमा हस्ताक्षर गरेपछि राष्ट्रपति ट्रम्पले भने, ‘हामी हाम्रो देशलाई समर्थन गर्ने र यहाँका जनतालाई माया गर्नेलाई मात्रै अमेरिका आउन दिनेछौ ।’ उनले अमेरिकी जनताले इस्लामिक आतङ्कवादीलाई देख्न नचाहेको टिप्पणी समेत गरेका छन् । उनले भने, ‘हाम्रा सैनिकहरुसँग विदेशमा लडाइँ गरिरहेका छन्, उनीहरू हाम्रो देशमा नआऊन् भन्ने हामी सुनिश्चित गर्न चाहन्छौँ । हाम्रा जनतासँग प्रेम गर्ने र हामीलाई सहयोग गर्नेलाई मात्र हाम्रो देशमा आउन दिनेछौं ।

‘राष्ट्रपति ट्रम्पले सन् २००९ सेप्टेम्बर ११ मा पेन्टागन हमलामा मारिएकाहरुलाई कहिल्यै भुल्न नसक्ने बताउँदै उनीहरूको सम्मानमा कुरा मात्र हैन काम गरेर देखाउनुपर्ने बताए । आफ्नो यो आदेश यसैका लागि भएको पनि उनले स्पष्ट पारेका छन् । जबसम्म कुन कुन देशका शरणार्थी भनेर तोक्दैन, शुक्रवार जारी गरिएको कार्यकारी आदेशले अमेरिकी शरणार्थी कार्यक्रमलाई १२० दिनसम्म निलम्बित गर्नेछ । यो आदेशका कारण इराक, सिरीया, इरान, सुडान, लिबिया, सोमालिया र यमनका सबै नागरिक ३० दिनसम्म अमेरिका प्रवेश गर्न पाउने छैनन् । आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले आतंकवादमा विश्वास गर्ने मुसलमानहरुलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाउने सार्वजनिक उद्घोश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू