अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४३ | Colorodo: 10:58

१० बर्ष जेल सजाय सुनाएपछि फरार रहेका गायक प्रकाश ओझा शंखमुलबाट पक्राउ

बिआरटीनेपाल २०७३ माघ १४ गते ७:११ मा प्रकाशित

भत्काईदिन्छु बाख्राको खोर पनि, बालै भएन, मार्छे बुढिले,चाईनिज फुल्टीन लगायतका चर्चित गीतहरुका गायक तथा हास्य कलाकार प्रकाश ओझा पक्राउ परेका छन् । मानव बेचबिखन तथा ओसार पसारको अभियोगमा २०७२ साल माघ ४ गते सर्वोच्च अदालतले १० वर्ष कैद सजाय सुनाएपछि फरार रहेका गायक ओझालाई शुक्रबार दिउँसो केन्द्रीय अनुसन्धान ब्युरोले राजधानीको शंखमुलबाट पक्राउ गरेको हो ।

ओझाले २०५९ सालदेखि लगातार दुई वर्षसम्म डर त्रास देखाई अनुचित प्रभावमा पारी तीन जना नाबालिका संग अनैतिक सम्बन्ध राखेको प्रमाणित भएपछि सुनसरीको इटहरी नगरपालिका ४ स्थायी घर भएका ओझालाई दुई अभियोगमा पाँच पाँच रवर्ष गरी सर्वोच्चले १० वर्षको सजाय सुनाएको थियो ।

ओझाले पीडितले थाहा नपाउने गरी खिचेको अश्लिल तस्बिर तथा भिडियो देखाएर पटक-पटक धम्की दिंदै यौन शोषण र अप्राकृति मैथुन गरेको र तस्बिर वेभसाइटमा समेत राखेको ठहर गर्दै अदालतले ओझालाई १० वर्ष कैद सजाय सुनाएको हो ।

फरार गरेका गायक ओझा शंखमुलमा लुकिछिपी बसेर गीत संगीत रेकर्डिङमा समेत सक्रिय रहेको थाहा पाएपछि उनि बसेको स्थानबाटै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू