अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३३ | Colorodo: 21:48

प्रीयसीको सम्झना साटे गायक सुरज श्रेष्ठले ‘भुलेउकी भुलेकी छैनौ’मा (भिडियो सहित)

बिआरटीनेपाल २०७३ माघ ११ गते ११:३२ मा प्रकाशित

पर्वतको माझफाँटमा जन्मिएका गायक सुरज श्रेष्ठले भर्खरै नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । विक्रम विवसको शब्द र राजु सिंहको संगीत रहेको सुरजको नयाँ गीत  ‘भुलेउकी भुलेकी छैनौ’माथी बनेको म्युजिक भिडियो भर्खरै सार्वजनिक गरिएको हो ।

अमेरिकाका बिभिन्न रमणिय स्थलमा छायांकन गरिएको ‘भुलेउकी भुलेकी छैनौ’को भिडियोलाई बिक्की पुलामीले निर्देशन गरेका हुन् ।

पूर्णिमा, देव, जंग्बुको मुख्य अभिनय रहेको भिडियोलाई शम्भु मोक्तान र ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् ।

अंग्रजीमा स्नातकोत्तर तहको अध्यायन पुरा गरेका गायक सुरजले औपचारिक संगीतको अध्ययन पनि गरेका छन् । उनको सुर, एउटा कुरा, एउटी परि, मुद्दा हालिदिन्छु लगायतका चर्चित गीत र एल्वम पहिले नै नेपाली सांगेतिक बजारमा आईसकेका छन् ।

विभिन्न एवार्ड समेत हात पार्न सफल गायक सुरज श्रेष्ठ निरन्तर नेपाली संगीत फाँटमा नयाँपन दिन आफु लागि परेको बताउँछन् । क्षणिक मनोरञ्जनका लागी नभएर निरन्तर साधना र लगावका साथ अगाडी बढ्ने र यसैबाट आफ्नो क्यारिएर बनाउने संकल्प बोकेका उनि
नेपाली सांगीतिक क्षेत्र र यसको विकासमा जुटेका सबै सर्जकहरुको आपसी सहकार्यको महत्वपुर्ण आवस्यकता रहने र विभिन्न छापा९पत्रपत्रिका० एवं विद्युतिय मिडियाले समेत आवस्यक समन्वय एवं प्रवर्धनमा सहयोग पुर्याउन सके नयाँ उदयमान गायक, गायिका, संगीतकर्मीहरुमा समेत नयाँ जोश एवं आत्मविश्वास बढ्ने बताउँछन् ।

आफु आजको स्थान सम्म आउनुको श्रेय आफ्ना स्रोता दर्शकलाई दिने सुरज आगामी दिनमा समेत स्रोता र दर्शकको रुची अनुसारको गीतहरु ल्याउने कोशिषमा आफु संधै रहने बताउँछन् ।

प्रतिक्रिया